- ५०.७ kWh ब्याट्री क्षमता, ९९ kW मोटर तथा २८८ Nm टर्क
- ३५० किलोमिटर WLTP रेन्ज
- १९+ ADAS फिचरहरू, १८ इन्च अलोय ह्विल तथा १९१ mm ग्राउन्ड क्लियरेन्स
- आधिकारिक मूल्य: एकल NPR ५१.५९ लाख
- लन्चको अवसरमा पहिलो ५० ग्राहकहरूका लागि NPR ४९.९९ लाखको विशेष मूल्य निर्धारण, साथै एक वर्षको निःशुल्क Auto Plus Insurance समेत उपलब्ध गराइनेछ।
विराटनगर ।
नेपालमा लन्च भएदेखि नै Omoda E5 आफ्नो फ्युचरिस्टिक डिजाइन, उत्कृष्ट रेन्ज, उच्च ग्राउन्ड क्लियरेन्स र आधुनिक प्रविधिका कारण देशकै सबैभन्दा लोकप्रिय इलेक्ट्रिक SUV मध्ये एक बन्न सफल भएको छ। नयाँ Omoda E5 Pro ले यसै विरासतलाई अझ सुदृढ बनाउँदै नयाँ डिजाइन, स्मार्ट फिचर र आधुनिक नेपाली ग्राहकलाई लक्षित प्रिमियम अनुभव प्रदान गर्दछ।
नयाँ Omoda E5 Pro मा 50.7 kWh ब्याट्री प्याक, 99kW इलेक्ट्रिक मोटर र 288Nm टर्क रहेको छ, जसले 350KM WLTP रेन्ज प्रदान गर्दछ। साथै, 191mm ग्राउन्ड क्लियरेन्सका कारण यो नेपालका विभिन्न सडक अवस्थाका लागि उपयुक्त छ। यसमा 18-इन्च अलोय ह्वीलहरू पनि समावेश छन्, जसले यसको स्पोर्टी र प्रिमियम उपस्थिति अझ आकर्षक बनाउँछ।
बाहिरी डिजाइन Omoda को फ्युचरिस्टिक डिजाइन फिलोसफीमा आधारित छ, जसमा बोल्ड फ्रन्ट फेसिया, एरोडायनामिक प्रोफाइल र विशेष Phantom Wing टेललाइटहरू समावेश छन्, जसले सडकमा शक्तिशाली उपस्थिति सिर्जना गर्दछ। भित्री भागमा प्रिमियम केबिन अनुभव, इलेक्ट्रिक सनरुफ, उच्च गुणस्तरका इन्टेरियर मटेरियल र आधुनिक प्रविधिको संयोजन रहेको छ।
यसमा ड्राइभर मसाज सिट, 8 Sony स्पिकरहरूको इमर्सिभ अडियो सिस्टम र ठूलो 15.6-इन्च वाइडस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले समावेश छ, जसले ड्राइभिङ अनुभवलाई अझ प्रिमियम बनाउँछ।
सुरक्षाका दृष्टिले, यसमा 19+ ADAS (Advanced Driver Assistance System) फिचरहरू र 540-डिग्री सराउन्ड भ्यू क्यामेरा प्रणाली रहेको छ, जसले चालकलाई उच्च सुरक्षा र आत्मविश्वास प्रदान गर्दछ।
नयाँ ओमोडा E5 प्रोको आधिकारिकमूल्य Single Tone भेरियन्टका लागि NPR ५१.५९ लाख तथा Dual Tone भेरियन्टका लागि NPR ५१.९९ लाख निर्धारण गरिएको छ। सार्वजनिक भएको अवसरमा पायोनियर मोटोकर्प प्रा. लिले पहिलो ५० ग्राहकहरूका लागि NPR ४९.९९ लाखको विशेष मूल्य र एक वर्षको निःशुल्क Auto Plus Insurance उपलब्ध गराउने घोषणा गरेको छ, जसले प्रारम्भिक ग्राहकहरूका लागि थप आकर्षक प्रस्ताव प्रदान गर्दछ। नयाँ Omoda E5 Pro अब विराटनगरको आधिकारिक Omoda & Jaecoo शोरूममा बुकिङ तथा सोधपुछका लागि उपलब्ध भएको कम्पनीले जनाएको छ।
































