National life

उद्योग विभागको कडा चेतावनी: प्रदूषण नियन्त्रण नगर्ने उद्योगलाई ३० दिनको अल्टिमेटम

प्रदूषण फैलाउने उद्योगमाथि कारबाही तयारी, अनुगमन तीव्र बनाउने विभागको घोषणा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|३१ जेठ २०८३, आइतबार
934Shares
उद्योग विभागको कडा चेतावनी: प्रदूषण नियन्त्रण नगर्ने उद्योगलाई ३० दिनको अल्टिमेटम
ncell

काठमाडौं । वातावरणीय मापदण्ड पालना नगरी प्रदूषण फैलाइरहेका उद्योगहरूलाई सुधारको प्रमाणसहित ३० दिनभित्र विवरण बुझाउन उद्योग विभागले कडा निर्देशन दिएको छ। तोकिएको समयसीमा पालना नगर्ने उद्योगहरूलाई कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ।

उद्योगहरूले फोहर पानी प्रशोधन बिना नै खोलामा मिसाउने, साथै वायु र ध्वनि प्रदूषण नियन्त्रणका उपाय अवलम्बन नगर्ने जस्ता गतिविधिले वातावरणमा गम्भीर असर परेको भन्दै विभिन्न माध्यमबाट उजुरी आएपछि विभागले यो कदम चालेको हो।

विभागका अनुसार उद्योगहरूले स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनअनुसार फोहर पानी प्रशोधन प्रणाली र प्रदूषण नियन्त्रण उपकरण जडान गर्नुपर्ने अनिवार्य दायित्व छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसअनुसार ध्वनि, वायु उत्सर्जन र फोहर पानी व्यवस्थापनसम्बन्धी विवरण समेत ३० दिनभित्र आधिकारिक इमेलमार्फत पेश गर्न भनिएको छ।

यसअघि पनि पटक–पटक सचेत गराइए पनि अपेक्षित सुधार नदेखिएको भन्दै यसपटक अनुगमन र कारबाही प्रक्रिया थप कडा बनाइने विभागले जनाएको छ। मापदण्ड उल्लंघन गर्ने उद्योगहरूलाई कुनै पनि प्रकारको छुट नदिइने स्पष्ट चेतावनी पनि दिइएको छ।

प्रदेश मातहतका उद्योगहरूको हकमा सम्बन्धित निकायमार्फत नै नियमन र आवश्यक कारबाही अघि बढाउन पत्राचार गरिएको विभागले जानकारी दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
934SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?