National life

उपप्रधानमन्त्री उपेन्द्र यादव पद बहाली, स्वास्थ्य उपचारमा सहजता ल्याउने घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ फागुन २०८०, आइतबार
779Shares
उपप्रधानमन्त्री उपेन्द्र यादव पद बहाली, स्वास्थ्य उपचारमा सहजता ल्याउने घोषणा
ncell

काठमाडौं : नवनियुक्त उप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पद तथा गोपनीयताको सपथ लिएसँगै मन्त्रालयमा पदबहाली गरेका छन्।

उनले पदबहाली गर्दै संघीय तथा प्रादेशिक अस्पतालहरुमा शल्यक्रियामा देखिएको ढिलाईलाई छिटो छरितो व्यवस्था मिलाउने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।

स्वास्थ्य उपचारका लागि लामो समय लाइनमा बस्नुपर्ने सास्ती कम गराउन डिजिटल प्रविधिलाई अझ बढी प्रभावकारी बनाउने लगायतको निर्णय गरेका छन् ।

“बिरामीहरु लामो लाइन बसेर उपचार सेवा लिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ । यसलाई सहज बनाउदै बिरामीले समयमै उपचार सेवा पाउने गरी अनलाइन एवं डिजिटल प्रविधिमार्फत घरैबाट पनि समय लिने व्यवस्था मिलाउने छौ”, उनले भने, “गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै सरकारी स्वास्थ्य संस्थाको क्षमतावृद्धि र विकास गर्नेछौ ।”

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष यादव गत वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

यो समाचार शेयर गर्नुहोस्
779SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?