National life

डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही नगरे आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२८ भदौ २०८०, बिहिबार
867Shares
डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही नगरे आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी
ncell

काठमाडौं । हेटौंडामा डाक्टरमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन नेपाल चिकित्सक संघले सरकारलाई अल्टिमेटम दिएको छ ।

संघले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापन पत्र बुझाउँदै हेटौंडाको सन्चो अस्पतालमा डाक्टरमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन अल्टिमेटम दिएको हो।

संघले आज पत्रकार सम्मेलन गर्दै हेटौंडाको सन्चो अस्पतालमा डाक्टरमाथि आक्रमण गर्नेलाई ७२ घण्टा भित्रमा कानूनी कारबाहीको दायरामा ल्याउन अल्टिमेटम दिएको हो ।

७२ घण्टाभित्र डाक्टर कुट्नेमाथि कारबाही प्रक्रिया अघि नबढे देशभरका सबै अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने संघका महासचिव डा.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सजिव तिवारीले चेतावनी दिए ।

केही समयअघि चितवनमा मृत्यु भएका एक बिरामीका आफन्तहरूले अस्पतालभित्रै प्रवेश गरेर डाक्टरमाथि कुटपिट गरेका हुन्। गत साउन २५ मा डेंगुबाट मृत्य भएका हेटौंडा–१२ का राजेश प्रधानका आफन्तले चिकित्सकमाथि कुटपिट गरेका हुन्।

सन्चो अस्पतालमा बिरामी हेरेर फर्किने क्रममा हेटौंडा अस्पतालमा कार्यरत एनेस्थेसिया विभागका डाक्टर प्रशान्त बिडारी र सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापामाथि केही युवाहरुले हातपात गरेका हुन्।

प्रधानको चितवनको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा २५ साउनमा मृत्यु भएको थियो। त्यसअघि प्रधानलाई उपचारका लागि सन्चो अस्पतालमा भर्ना गरिएको थियो। एक महिनाअघि डेंगीका कारण मृत्यु भएका प्रधानको उपचारमा चिकित्सकले लापरबाही गरेको आरोप थियो।

 

 

यो समाचार शेयर गर्नुहोस्
867SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?