National life

दादुरा-रुबेलाविरुद्धको ६० लाख मात्रा खोप आयो,५७ लाख बालबालिकालाई लगाइने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ माघ २०८०, सोमबार
690Shares
दादुरा-रुबेलाविरुद्धको ६० लाख मात्रा खोप आयो,५७ लाख बालबालिकालाई लगाइने
ncell

काठमाडौं । सरकारले दादुरा–रुबेलाविरुद्धको खोप ल्याएको छ। स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले दादुरा–रुबेला विरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याइएको जानकारी दिएका छन्।

गौतमका अनुसार दुई लाख ८० हजार मात्रा खोप थप आउन बाँकी रहेको जानकारी दिएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अभियान सञ्चालन गरी करिब ५७ लाख बालबालिकालाई यो खोप लगाइने कार्यक्रम रहेको जनाएका छन् ।

सरकारले देशभरि नै सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्ष मुनिका सबै बालबालिकालाई आगामी फागुन १३ गतदेखि चैत ७ गतेसम्म खोप अभियान संचालन गर्ने जनाइएको छ।

भारतसँग सिमा जोडिएका तथा दादुरा–रुबेलाको अति सङ्क्रमित २१ जिल्ला र काठमाडौँ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाइने खोप शाखाका प्रमुख डा.गौतमले जानकारी दिएका छन्।

दादुरा–रुबेला भएको बेला ज्वरो आउने, शरिरमा राता बिबिरा आउने, रुघाखोकी लाग्ने, आँखा पाक्ने लक्षण दखिने भन्दै समयमा उपचार नगरेर आँखा नदेख्ने समस्याका साथै निमोनिया, कान पाक्नेलगायत समस्या हुने डा.गौतमका भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
690SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?