National life

प्रतिनिधिसभा निर्वाचन तयारी पुरा : ७५ जिल्लामा मतपत्र पुर्याइयो, उपत्यकामा बाँकी

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१३ फागुन २०८२, बुधबार
953Shares
प्रतिनिधिसभा निर्वाचन तयारी पुरा : ७५ जिल्लामा मतपत्र पुर्याइयो, उपत्यकामा बाँकी
ncell

काठमाडौँ   । प्रतिनिधिसभा सदस्य निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ। आयोगका अनुसार, यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्याइएको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार, मतपत्र वितरणमा ‘पहिलो हुने निर्वाचित हुने’ र ‘समानुपातिक निर्वाचन प्रणाली’ दुबैतर्फका मतपत्र प्रत्येक जिल्लामा सुरक्षित तरिकाले पुर्याइएको छ।

काठमाडौँ र भक्तपुर जिल्लामा भने मतपत्र र अन्य निर्वाचन सामग्री बिहीबार वितरण हुने योजना छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसअघि यी दुई जिल्लामा सुरक्षा, यातायात व्यवस्था र सामग्रीको पहिचान परीक्षणका कारण ढिला भएको थियो।

निर्वाचन सामग्रीमा मतपत्र, चुनावी बुथ सामग्री, मतदान पेटिका, मतदान कागजात, मतगणना उपकरण र अन्य आवश्यक उपकरणहरू समावेश छन्। आयोगले सामग्रीको सुरक्षा र वितरणमा उच्च सतर्कता अपनाएको जनाएको छ।

सहायक प्रवक्ता जिसीले भने, “हरेक जिल्लामा समयमै मतपत्र पुर्याउने लक्ष्य राखिएको छ। सामग्री वितरणपछि कुनै अवरोध आएमा तत्काल व्यवस्थापन गरिने छ।” निर्वाचन तयारी अन्तिम चरणमा पुगेको अवस्थामा, आयोगले मतदाता सूची अद्यावधिक, मतदान स्थल सुरक्षा, र कर्मचारी प्रशिक्षण समेत सम्पन्न भइसकेको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
953SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?