काठमाडौँ। मधेश प्रदेश सभाको बैठकमा जनमत पार्टीले अवरोध गरेपछि बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक बोलाइएको थियो। सभामुखले बैठक सुरु गरे लगत्तै जनमत पार्टीका सांसद चन्दन सिंहले सरकारले गरेको प्रतिबद्धता पूरा गर्नुपर्ने माग राखेका थिए ।
फागुन ६ गते मुख्यमन्त्रीले तेस्रो पटक विश्वासको मत लिँदा उक्त घटनाको बारेमा छानबिन गर्न समिति गठन गर्ने निर्णय गरिएको थियो ।
माघ ८ गते कृषि विश्वविद्यालयको उद्घाटनमा जनमत पार्टीका सांसद महेशप्रसाद यादवमाथि भएको आक्रमणको छानबिन गर्न समिति गठन नभको भन्दै जनमत पार्टीले बैठक अवरोध गरेको हो ।


































