National life

मधेशका १३६ प्रयोगशालाका कर्मचारी तलब नपाएको भन्दै आन्दोलनमा

उनीहरूले जनकपुरधामस्थित प्रयोगशालामा धर्ना दिँदै कामकाज ठप्प पारेका हुन्

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०२ असार २०८३, मङ्गलबार
1.3kShares
मधेशका १३६ प्रयोगशालाका कर्मचारी तलब नपाएको भन्दै आन्दोलनमा
ncell

जनकपुरधाम । मधेश प्रदेशका १३६ स्थानीय तहमा सञ्चालित जनस्वास्थ्य प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीहरूले लामो समयदेखि तलब तथा सेवा–सुविधा नपाएको भन्दै आन्दोलन सुरु गरेका छन् । उनीहरूले जनकपुरधामस्थित प्रयोगशालामा धर्ना दिँदै कामकाज ठप्प पारेका हुन् ।

जनकपुरधाममा रहेको प्रयोगशालामा कार्यरत कर्मचारीहरूले आर्थिक वर्ष २०८२/०८३ को कात्तिकयता तलब नपाएको, साथै चाडपर्व भत्ता लगायत कानुनी रूपमा पाउने अन्य सुविधा पनि रोकिएको गुनासो गरेका छन् ।

मधेश प्रदेशभरि फैलिएका यी प्रयोगशालाका कर्मचारीहरूले सेवा सम्झौता नवीकरणमा ढिलाइ भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आर्थिक वर्ष अन्त्य नजिकिँदै गर्दा पनि जिम्मेवार निकायहरूले समस्या समाधानमा चासो नदिएको उनीहरूको आरोप छ ।

संघर्ष समितिमा आबद्ध स्वास्थ्यकर्मीहरूले बारम्बार मौखिक तथा लिखित रूपमा जानकारी गराउँदा पनि कुनै ठोस कदम नचालिएको कारण बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताएका छन् ।

उनीहरूको मुख्य मागमा बाँकी तलब तत्काल भुक्तानी, सेवा सम्झौता नवीकरण, तथा चाडपर्व, जोखिम, पोशाक र महँगी भत्ता जस्ता सुविधा सुनिश्चित गर्नुपर्ने विषय समावेश छन् । माग पूरा नभए जनस्वास्थ्य सेवा प्रभावित हुने र त्यसको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने चेतावनी पनि उनीहरूले दिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?