काठमाडौं । मधेश प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा डा.सोहन साह नियुक्त भएका छन् ।
बिहीबार मुख्यमन्त्री सतिश सिंहले उनलाई नीति तथा योजना आयोगमा नियुक्त गरेका हुन् । साहले आजै पद तथा गोपनियताको शपथ लिएर पदभार ग्रहण गरेका छन् ।
डा.साह यसअघि जनमत पार्टी सरकारमा रहँदा उसको कोटामा नीति तथा योजना आयोगको सदस्य भएका थिए।


































