National life

विस्थापनविरुद्ध सडकमा उत्रिए सुकुमवासी

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२५ वैशाख २०८३, शुक्रबार
1.1kShares
विस्थापनविरुद्ध सडकमा उत्रिए सुकुमवासी
ncell

काठमाडौँ । विकल्पविहीन रूपमा बस्ती खाली गराउन थालिएको भन्दै देशभरका भूमिहीन तथा अव्यवस्थित बसोवासीहरूले राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । पछिल्ला दिनहरूमा विभिन्न स्थानबाट विस्थापित भएका नागरिकहरू सरकारको कदमविरुद्ध सडकमा उत्रिएका हुन् ।

प्रदर्शनकारीहरूले “डोजर चलाउन बन्द गर”, “व्यवस्थापन गर”, “विस्थापन होइन न्याय देऊ”, “मानव अधिकार सुनिश्चित गर” जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए । उनीहरूले भाँडाकुँडा र चम्चा ठटाउँदै समेत प्रदर्शन गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनीहरूका अनुसार काठमाडौंका १६ वटा बस्तीबाट पछिल्ला नौ दिनमा १५ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । सरकारले विस्थापितहरूलाई विभिन्न स्थानमा अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?