National life

संसद्को बजेट अधिवेशन आजबाट सुरु,नीति तथा कार्यक्रमको बिषयमा छलफल हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२४ वैशाख २०८०, आइतबार
1.8kShares
संसद्को बजेट अधिवेशन आजबाट सुरु,नीति तथा कार्यक्रमको बिषयमा छलफल हुने
ncell

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । संसद्का दुवै सदनको बैठक आइतबार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको हो ।

संसद्को यो अधिवेशनबाट सरकारका नीति तथा कार्यक्रम र नयाँ बजेट पारितलगायत कार्य गरिनेछ । आइतबारको बैठकका लागि विभिन्न कार्यसूची तय गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
राष्ट्रियसभाको १४ औं अधिवेशनको पहिलो बैठक बस्न लागेको हो भने प्रतिनिधिसभाको यो दोस्रो अधिवेशनको पहिलो बैठक हो ।

सदनमा, कानुन, न्याय संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेस गर्नेछन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आ.व. २०८०–०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक)माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?