National life

शिखर इन्स्योरेन्सद्वारा वीरगञ्ज पब्लिक कलेजमा बीमा सम्बन्धी कार्यक्रम

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२१ भदौ २०८०, बिहिबार
928Shares
शिखर इन्स्योरेन्सद्वारा वीरगञ्ज पब्लिक कलेजमा बीमा सम्बन्धी कार्यक्रम
ncell

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले वीरगञ्ज पब्लिक कलेजमा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले स्नातक तहका विद्यार्थीहरुलाई बीमा सम्बन्धी जानकारी दिनका लागि उक्त कार्यक्रमको आयोजन गरेको हाे ।

कायृक्रममा १ सयभन्दा धेरै विद्यार्थीहरु सहभागी थिए । कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई नेपालमा बीमाको अवस्था, जीवन बीमा तथा निर्जीवन बीमा सम्बन्धी विषय तथा बीमा क्षेत्रमा रहेका अवसर तथा चुनौती र त्यसको महत्वका विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीका मधेश प्रदेश प्रमुख सुरेश चन्द्र गुप्ताले विद्यार्थीहरुलाई आफ्नो पढाइ सकिए पछि बीमा क्षेत्रमा के कस्तो अवसर रहेको छ भनेर जानकारी गराएका थिए । विद्यार्थीहरुले पढाइ सकेपछि बैंकमा मात्रै अवसर देख्ने गर्छन् । विद्यार्थीहरुलाई बीमा कम्पनीमा पनि राम्रो राम्रो अवसर छ भन्ने कुराकै जानकारी नै हुँदैन उनले भने, विद्यार्थीहरुलाई बीमा क्षेत्रमा पनि रोजगारीको राम्रो अवसर छ । बीमा क्षेत्रमा अझै पनि दक्ष जनशक्तिको अभाव रहेको भन्दै उनले विद्यार्थीहरुलाई बीमा क्षेत्रको बारेमा पनि जानकारी लिन सुझाए ।

कार्यक्रममा प्रादेशिक कार्यालय प्रमुख गुप्ता, वीरगञ्ज शाखा प्रमुख नितेश कुमार दास र क्याम्पस प्रमुख अरविन्द श्रेष्ठको उपस्थिति थियो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुले यस्तो कार्यक्रममा समावेश हुन पाएकोमा खुसी व्यक्त गरेका थिए । उनहिरुले बीमा क्षेत्रमा पनि ठुलो अवसर रहेको भन्दै रोजगारीका लागि बीमा क्षेत्रलाई पनि प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षमा ५ अर्ब ४० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । शिखरले नेपालभर ११० वटा भन्दा धेरै शाखा कार्यालयबाट बीमा सेवा प्रवाह गर्दै आइरहेको छ । निर्जीवन बीमा कम्पनी मध्येकै सर्वाधिक धेरै कर्मचारी रहेको शिखर इन्स्योरेन्समा ६५० भन्दा धेरैले प्रत्यक्ष रोजगारी पाएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
928SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?