National life

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको खुद नाफा आर्जन ३६ करोड ३५ लाखमाथि

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३० साउन २०८०, मङ्गलबार
413Shares
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको खुद नाफा आर्जन ३६ करोड ३५ लाखमाथि
ncell

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आर्थिक बर्ष २०७९/८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि भएको छ ।

२ अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ८९ करोड ५६ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३९ करोड ७५ लाख रुपैयाँ थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
समिक्षा अवधिमा कम्पनीको बीमा कोष २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा १ अर्ब २ करोड थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बढेको हो ।

समिक्षा अवधिमा कम्पनीले ३६ करोड ३५ लाख खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३६ करोड ४ लाख नाफा गरेको थियाे ।

समिक्षा अवधिमा कम्पनीले १ अर्ब १४ करोड ६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनील ७१ करोड ४३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्कमा ५९ प्रतिशतले बृद्धि भएकाे हो ।

यस अवधिमा कम्पनीले ७९ करोड ८० लाख खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा ४४ करोड ७ लाख गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १८ रुपैयाँ ८४ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ २२५ रुपैयाँ ९१ पैसा रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
413SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?