National life

अब पनि हौसिएर कम्युनिस्ट एकता गर्ने पक्षमा छैनौँ: प्रधानमन्त्री 'प्रचण्ड'

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० वैशाख २०८१, सोमबार
973Shares
अब पनि हौसिएर कम्युनिस्ट एकता गर्ने पक्षमा छैनौँ: प्रधानमन्त्री 'प्रचण्ड'
ncell

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरू कुनै पनि हालतमा हौसिएर कम्युनिस्ट एकता गर्ने पक्षमा नरहेको बताएका छन्।

सोमबार ललितपुरको गोदावरीमा नेकपा एमालेको हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले हतारमा, हौसिएर कम्युनिस्ट एकता भन्ने पक्षमा आफूहरू नरहेको विचार व्यक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले यसअघि कम्युनिस्ट एकता गर्दा बढी हौसिएको अनुभव आफूले गरेको स्मरण गरेका छन् । अहिले कम्युनिस्ट पार्टीहरूबिच सहकार्यको सुरुवात भएको भन्दै जनतालाई र देशलाई राम्रो सेवा दिने अवसर रहेको उनको उल्लेख छ ।

उनले जनतालाई र देशलाई राम्रो सेवा दिन सके राजनीतिक दल र कम्युनिष्टहरुको बिचमा स्वतः नै एकताको आधार भूमि तयार हुने समेत बताएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले भने, ‘हामी अहिले पहिलाको जस्तो हतारमा, हौसिएर कम्युनिस्ट एकता भन्ने पक्षमा छैनौँ। हामी त्यो बेलामा अलि बढी हौसिएछ कि, समयभन्दा अगाडि नै दौडिइएछ कि भन्ने हेक्का राख्नुपर्ने ठान्छु मैले। त्यसकारण अहिले हामी सहकार्य सुरु गरेका छौँ, राम्रो सहकार्य गरौँ। यसबाट जनतालाई र देशलाई राम्रो सेवा दिऊँ।

प्रधानमन्त्री दाहालले समृद्धिको जनताको आकांक्षा, सामाजिक न्याय, सुशासनको आकांक्षालाई महशुस हुने गरी काम गर्न आवश्यक रहेको उल्लेख गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
973SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?