National life

आइटी लगानीको मुख्य क्षेत्र बनेको छ, प्राथमिकताको सूचिमा राख्नुपर्छ: अध्यक्ष ढकाल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० वैशाख २०८१, बिहिबार
632Shares
आइटी लगानीको मुख्य क्षेत्र बनेको छ, प्राथमिकताको सूचिमा राख्नुपर्छ: अध्यक्ष ढकाल
ncell

काठमाडौँ। सूचना प्रविधिको (आईटी) क्षेत्रलाई सरकारले प्राथमिकताको सूचिमा राख्न जरुरी रहेको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन्।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आज काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्। कारोबारहरूलाई अनलाइन माध्यमबाट गर्नसके कारोबार पारदर्शी हुने र सहज हिसाबले काम गर्ने वातावरण बन्ने अध्यक्ष ढकालको भनाई रहेको छ ।

आईटी क्षेत्रलाई लगानी सम्मेलनमा प्राथमिकताका साथ लिइएको स्मरण गर्दै नेपालमा लगानीको सम्भावना भएका क्षेत्रहरूमा आईटी पनि मुख्य लगानीको क्षेत्र बनेको ढकाललको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आईटीको क्षेत्र कतिपय पूर्वाधार, ठूलो लगानी नभइकन विदेशी मुद्रा भित्र्याउन सक्ने सम्भावना रहेको क्षेत्र भएको ढकालको भनाई छ। डिजिटल हस्ताक्षरलाई कार्यान्वनममा ल्याउन समेत आवश्यकता रहेको अध्यक्ष ढकालको भनाइ छ।

उक्त कार्यक्रमको अवसरमा सरकारले सूचना प्रविधि क्षेत्रमा योगदान दिने व्यक्ति तथा संस्थालाई सात वटा विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि अवार्ड वितरण गरेको छ । सरकारले नेशनल आइसीटी एक्सेलेन्स अवार्ड २०२४बाट शैलेन्द्र गिरीलाई प्रदान गरेको छ । उनी राप्ति इन्जियनियरिङ कलेजका अध्यक्ष हुन् ।

यो समाचार शेयर गर्नुहोस्
632SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?