National life

आगामी मौद्रिक नीति अहिलेको अभावलाई सम्बोधन गर्ने गरी आउँछ: अर्थमन्त्री पौडेल 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ साउन २०८१, सोमबार
644Shares
आगामी मौद्रिक नीति अहिलेको अभावलाई सम्बोधन गर्ने गरी आउँछ: अर्थमन्त्री पौडेल 
ncell

काठमाडौँ। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताएका छन्।

सोमबार मन्त्रालयमा नेपाल होटल संघ (हान) का पदाधिकारीसँग गरिएको भेटमा अर्थमन्त्री पौडेलले मौद्रिक नीतिमा छलफल भइरहेको र केही दिनभित्रै मौद्रिक नीति ल्याउने बताएका छन् ।

उक्त अवसरमा हानका अध्यक्ष विनायक साहले ३०-३५ लाख पर्यटकलाई सेवा दिन सक्ने भए पनि बर्सेनि १० लाखभन्दा बढी पर्यटक नआएको भन्दै धेरैभन्दा धेरै पर्यटक आउने वातावरण मिलाउन आग्रह गरे ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउन आग्रह गरे ।उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा समेत आवश्यक छलफल गरेर सञ्चालन गर्ने जानकारी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वको सरकारको पालामा बजेटमा होटललाई उद्योग क्षेत्रको मान्यता दिने भनेर लिएर आएको हो । त्यसको निरन्तरता हुनुपर्दथ्यो । नीति निरन्तरताको धेरै ठूलो अर्थ हुन्छ’, मन्त्री पौडेलले भने । होटललाई उद्योगको मान्यता दिने कुरामा सरकार गम्भीर उनको भनाई छ ।

सडक पूर्वाधारहरू सुरक्षित नहुँदा पनि पर्यटकहरू नेपाल आउन नचाहने गरेको भन्दै अध्यक्ष साहले भने, ‘आउँदो मौद्रिक नीतिमा बैंकबाट लिएको ऋण तिर्ने समय केही थप गरिदिन आग्रह गर्छु ।

यो समाचार शेयर गर्नुहोस्
644SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?