National life

मगंलबार दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्दे प्रधानमन्त्री प्रचण्ड

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ पुस २०८०, सोमबार
479Shares
मगंलबार दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्दे प्रधानमन्त्री प्रचण्ड
ncell

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मङ्गलवार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

आफ्नो नेतृत्वमा सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। प्रधानमन्त्री प्रचण्डले आज दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने उनको सचिवालयले जानकारी दिएको छ।

सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारको १ वर्ष कार्यकालमा भएका उपलब्धिको चर्चाका साथै आगामी वर्षको कार्य योजना समेत सार्वजनिक गर्ने छन्।

प्रधानमन्त्री प्रचण्डले आफ्नो १ वर्षे कार्यकाल सोचे जति उपलब्धिमूलक नभएको बताउँदै आएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यद्यपि यसबिचमा आफूले धेरै सकारात्मक कामहरू अगाडि बढाएको प्रधानमन्त्रीले दाबी गर्दै आएका छन्। सुशासन कायम गर्ने तथा आर्थिक अवस्था सुधारमा आफूले धेरै प्रयास गरेको प्रधानमन्त्रीको दाबी रहने गरेको छ।

प्रधानमन्त्री प्रचण्डले अब १ वर्ष आफू सुशासन कायम गर्ने लगायतका काममा अझ बढी केन्द्रित हुने बताउँदै आएका छन्।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड १० पुस २०७९ मा प्रधानमन्त्री नियुक्त भएका थिए।

तत्कालीन अवस्थामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए। पछि राष्ट्रपतिको निर्वाचनमा प्रचण्डले नै गठबन्धन फेरेका थिए।

यो समाचार शेयर गर्नुहोस्
479SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?