National life

आम सञ्चार विधेयकले छिट्टै मन्त्रिपरिषद्‌मा पेस हुन्छ : सूचना प्रविधि मन्त्री शर्मा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ वैशाख २०८१, शुक्रबार
555Shares
आम सञ्चार विधेयकले छिट्टै मन्त्रिपरिषद्‌मा पेस हुन्छ : सूचना प्रविधि मन्त्री शर्मा
ncell

काठमाडौँ । आम सञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुने अवस्थामा रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छिन्।

आज नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री शर्माले आमसञ्चार क्षेत्रको स्वनियमन, प्रवर्द्धनमा केन्द्रित रहेर तयार गरिएको मिडिया काउन्सिल विधेयक भर्खरै संघीय संसदमा दर्ता भएको जानकारी दिइन्। उनले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी विधेयक समेत चाँडै मन्त्रिपरिषद्‌मा पेस गर्ने तयारीमा रहेको बताएकी छिन् ।

मन्त्री शर्माले कानुन निर्माणका क्रममा राष्ट्रिय आमसञ्चार नीति, २०७३ लाई मार्गदर्शन मानेर अघि बढिरहेको बताइन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले नयाँ प्रविधिसँगै आएका चुनौतीको सामना गर्न आम सञ्चार नीतिको तर्जुमा गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।

त्यस्तै सञ्चार मन्त्री शर्माले छाता कानुनका रूपमा आमसञ्चार ऐन बनेपछि सरकारको तर्फबाट आमसञ्चारको व्यवस्थापन र सहजी करणका लागि छाता निकायका रूपमा आम सञ्चार प्राधिकरण बनाएर मिडियाको प्रवर्द्धन, श्रमजीवी पत्रकारको पेशागत अधिकारको संरक्षण र लोक कल्याणकारी कोष सञ्चालनलगायतका काम एउटै निकायबाट अघि बढाउने सरकारको सोच रहेको पनि बताइन् ।

 

यो समाचार शेयर गर्नुहोस्
555SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?