National life

आर्थिक अपराध हेर्नका लागि प्रहरीमा छुट्टै ब्यूरो स्थापना हुुन्छ: महानिरीक्षक कुँवर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ पुस २०८०, आइतबार
645Shares
आर्थिक अपराध हेर्नका लागि प्रहरीमा छुट्टै ब्यूरो स्थापना हुुन्छ: महानिरीक्षक कुँवर
ncell

काठमाडौँ । अपराध अनुसन्धान समीक्षा गोष्ठीको सम्बोधन गर्दै नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मुलुकमा बैंकिङ कसुर र वित्तीय अपराधका घटनामा उल्लेख्य रूपमा वृद्धि भएको  बताएका छन् ।

त्यस किसिमको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीमा छुट्टै ब्युरो स्थापना गर्न लागिएको कुँवरले बताएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा कुँवरले आर्थिक अपराधसँग सम्बन्धित कसुरको अनुसन्धान गर्न विशिष्ट कृत ब्युरो स्थापनाका लागि गृहकार्य अगाडि बढाइएको जानकारी दिएका छन्।

“पछिल्लो समय बैंकिङ कसुर र वित्तीय अपराधका घटना उल्लेख्य रूपमा बढेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गण्डकी प्रदेशमा मात्र गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा दुई सय प्रतिशतले त्यस्ता घटनामा वृद्धि आएको पाइएको छ”, महानिरीक्षक कुँवरले भने , “आर्थिक अपराधका घटनाले व्यक्ति वा कुनै संस्थालाई मात्र नभई सिङ्गै राष्ट्रको अर्थतन्त्रलाई गम्भीर असर पु¥याउने भएकाले यस्ता घटनाको नियन्त्रणमा प्रहरी प्रधान कार्यालय संवेदनशील भएर लागिपरेको छ ।

” उहाँले समाजमा आर्थिकसँगै साइबार अपराध, लागू औषध दुर्व्यसनी, सामाजिक कसुर लगायत चुनौतीका रूपमा देखा परिरहेको उल्लेख बताएका हुन। लागु औषध नियन्त्रणका लागि कार्य योजना बनाएर जिल्ला तहमा लागू गर्न लागिएको महानिरीक्षक कुँवरको भनाई छ। “प्रहरीकै अगुवाइ र व्यवस्थापनमा सुधार केन्द्र स्थापनाका लागि पहल भइरहेको छ। यसमा तीनै तहका सरकारको सहयोग रहनेमा हामी विश्वस्त छौँ”, कुँवरले भने ।

वैदेशिक रोजगार, अध्ययन, भ्रमण आदि उद्देश्यले नेपालबाट अन्तर देशीय आवतजावत बढेकाले ती क्षेत्रसँग सम्बन्धित अपराधको जोखिम बढेको महानिरीक्षक कुँवरको धारणा छ ।  कुँवरले पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य भएकाले पोखरामा पर्यटनमैत्री सेवालाई थप विस्तार गरिने जानकारी गराएका छन्।

नेपाल प्रहरीको अपराध अनुसन्धान शाखा र गण्डकी प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित गोष्ठीमा प्रदेशअन्तर्गतका ११ वटै जिल्लाका प्रहरी प्रमुखलगायत प्रहरी अधिकृतको सहभागिता थियो ।

यो समाचार शेयर गर्नुहोस्
645SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?