National life

आर्थिक वृद्धिदर खस्किनुको कारणमध्ये मुख्य निजी क्षेत्रले काम गर्न नपाउनु हो: अध्यक्ष ढकाल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ चैत २०८०, बुधबार
685Shares
आर्थिक वृद्धिदर खस्किनुको कारणमध्ये मुख्य निजी क्षेत्रले काम गर्न नपाउनु हो: अध्यक्ष ढकाल
ncell

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ वार्षिकोत्सव अवसरमा आफ्नो धारणा राख्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले काम गर्न नपाउँदा मुलुकको आर्थिक वृद्धिदर खस्किएको बताएका छन् ।

महासंघको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भने ‘पछिल्लो दुई वर्षमा न्यून आर्थिक वृद्धि हुनुको कारण निजी क्षेत्रले काम गर्न नपाउँदा हो।’

अर्थतन्त्रमा अझै समस्या रहेका स्मरण गराउँदै अध्यक्ष ढकालले भने  ‘करिब दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्रको रोग पहिचान गरेर त्यसको निदान नगर्दा समस्या झन् बल्झिँदै गएको हो’ उनले भने ‘निजी क्षेत्रले त रोगको पहिचान गरेरै बारम्बार औषधि सिफारिस गरेको हो । यसमा राज्यको सम्बद्ध पक्षले ध्यान दिएन ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस पटकको बजेट र मौद्रिक नीतिमा निजी क्षेत्रको साझा सुझाव पेस हुँदा पनि सुधारका उपाय अवलम्बन हुन नसकेको ढकालको भनाई छ। ‘श्रीलंका बन्न सक्ने भयले यहाँ नियन्त्रणमुखी नीतिगत व्यवस्था गरिए, यसबाट हाम्रो आर्थिक वृद्धि ६ प्रतिशतबाट २ प्रतिशतमा झरेको छ’ उनले भने ‘यसै अवधिमा श्रीलंकाको आर्थिक वृद्धि माइनस ७।८ प्रतिशतबाट करिब दुई प्रतिशत सकारात्मक भएको छ ।’

नेपालको अर्थतन्त्र कमजोर हुनुमा बाह्य भन्दा आन्तरिक कारण नै प्रमुख रहेको उनको भनाइ छ । हाम्रा रणनीति बाहिरी प्रभाव भन्दा पनि माटो र परिस्थिति सुहाउँदो हुनुपर्ने ढकालले बताएका छन् ।

मुलुकको खर्च धान्ने निजी क्षेत्र नै पखेटा फिजाएर थप आर्जन गर्न खोजिरहेको तर त्यसका लागि राज्यबाट आवश्यक सेवा र सुरक्षा पाउन नसकेको उनले बताए । ‘युवाहरूले बिजनेसमा देखेका नयाँ सोचलाई समाजले स्वीकार गर्ने गरी राज्यले वातावरण तयार पार्नुप¥यो, राजनीतिक तहबाट त्यसलाई अपनत्व ग्रहण गरिदिनुपर्‍यो’ ढकालले भने ‘कानुनी अड्चन हुनु भएन र वातावरणीय रूपमा दिगो हुनुपर्‍यो ।’

वर्षौँ मेहनत गरेर तयार पारेको व्यवसाय वा परियोजना एउटा सरकारी नीति, एउटा अधिकारीको लहडले एक छिनमा तहसनहस पारिदिन सक्ने अवस्था रहेको उनको अध्यक्ष ढकालको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
685SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?