National life

एक समूहको फाइदा हुनेगरी नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिनु अर्को दुर्भाग्य हो : गगन थापा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ मंसिर २०८०, शुक्रबार
574Shares
एक समूहको फाइदा हुनेगरी नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिनु अर्को दुर्भाग्य हो : गगन थापा
ncell

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कसैको निहित स्वार्थको लागि नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन नहुने बताएका छन्। वर्तमान पुँजी बजारको अवस्थाबारेमा अध्ययन गरेर मात्रै नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने सरकारको निष्कर्ष रहेको स्मरण गर्दै सीमित स्वार्थको लागी नयाँ स्टक एक्सचेन्ज दिन नहुने बताएका छन् ।

थापाले संसदीय समितिको निर्देशनको आडमा दबाबमा परेर केही समूहलाई पोस्नको लागि मात्रै धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन नहुने बताएका हुन। महामन्त्री थापाले सरकारले केही समूहलाई पोस्ने गरी नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको अनुमति दिने तयारी गरेको दाबी गर्दै उक्त तयारी सरकारले तत्काल बन्द गर्न आवश्यक रहेको बताएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कुनै अध्ययन र आधार बिना कुनै एउटा समूहको फाइदालाई मध्यनजर गरेर नयाँ स्टक एक्सचेन्ज दिँदा कुशासनको अर्को प्रकरण सुरु हुने थापाको जिकिर छ । महामन्त्री थापाले मुलुक एकपछि अर्को कुशासनबाट थला परेको भन्दै नयाँ स्टक एक्सचेन्जको लाइसेन्स अध्ययन नगरी जबरजस्ती दिने काम भएमा अर्को दुर्भाग्य हुने चेतावनी दिएका हुन।

थापाले सरकारबाट भाषण सुशासनको र निर्णय कुशासनको गर्ने काम हुनु नहुने बताएका छन्। उनले नयाँ स्टक एक्सचेन्जको विषयमा समयमा नै प्रधानमन्त्रीलाई सचेत गराएको भन्दै सचेत गराउँदा गराउँदै अनुमति दिए कुशासनको अर्को धब्बा लाग्ने दाबी गरे।

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स अर्थ मन्त्रालय र धितोपत्र बोर्डले नभएर मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने थापाको भनाई छ । उनले भने, ‘अहिले रातारात गरेर एक खालको दबाब सिर्जना गरिँदै छ। त्यो दबाबको आधारमा नयाँ लाइसेन्स त्यो पनि केही समूहलाई पोस्ने र फाइदा हुने गरी दिने तयारी भएको सुनेका छौँ।

यो कुरा प्रधानमन्त्रीलाई भेटमा भनेका छौँ। सार्वजनिक रूपमा पनि भन्न चाहन्छु। कुशासनबाट देश थला परेको छ हप्तामा एउटा कुनै न कुनै प्रकरण आउँछ र सिङ्गो देश तातिन्छ। फेरि कुनै एक दुई जना मानिस पोस्नको लागि नयाँ स्टक एक्सचेन्जको लाइसेन्स अध्ययन नगरी नदिने भनेर आफैँ भन्यो तर अहिले जबरजस्ती गरेर दिने र संसदीय समितिको निर्देशन आड राखेर दिने काय यदि हुन्छ भने अर्को दुर्भाग्यपूर्ण हुन्छ।’

उनले थपे, ‘सरकारले भाषण सुशासनको गर्ने अनि निर्णय एक प्रकारको कुशासनको गर्ने कुराको निरन्तरता हुन्छ। समयमा नै प्रधानमन्त्रीलाई सचेत गराएका छौँ। सरकारले गरेको निर्णय अध्ययन गरोस् र आवश्यक भए अध्ययन गरोस्। यसको आधारमा निष्पक्ष हुनुपर्छ। होइन भने नचाहिने कुरामा अर्को कुशासनको धब्बा लाग्ने कुरामा हात नहालोस्।

यो समाचार शेयर गर्नुहोस्
574SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?