काठमाडौं । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले एनसेल प्रकरणमा तल्लोस्तरबाट गलत प्रचार गरिएकोमा असन्तुष्टि जनाएका छन् ।
सोमबार प्रेस सेन्टर नेपालले पेरिसडाँडामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले त्यसको प्रतिवाद गर्न आग्रह गरेका हुन् । अतिवादी, अराजकतावादी निकै आतंकित भएका भन्दै उनीहरूले व्यवस्था, परिवर्तनमाथि निकै प्रहार गरेकोमा चिन्ता व्यक्त गरेका छन् ।
म युएइमा भएको बेला एनसेल खरिद बिक्री भयो भन्ने सुनेँ ।
त्यतिमात्र नभइ गठबन्धनलाई पनि विश्वासमा लिनुपर्छ भनेर यो स्वभाविक छैन । यहाँ गडबढ छ भन्ने लागेर बैठक नै आह्वान गरे। लगत्तै क्याबिनेट बैठकबाट छानबिनका लागि समिति गठन भयो’, प्रधानमन्त्री प्रचण्डले भने, ‘तर अतिवादीहरूबाट घटिया रुपमा प्रचार र दुस्प्रचार गरियो । तपाईं कल्पना गर्नोस् यति तल्लो तहबाट प्रचार भएका छन् त्यसलाई प्रतिवाद गर्नुपर्छ ।’
युद्धबाट शान्तिमा आउँदा प्रेसको भूमिका अझै बढेको भन्दै प्रधानमन्त्री प्रचण्डले प्राप्त उपलब्धिको रक्षाका लागि सकारात्मक भूमिका खेल्नुपर्ने उनले बताए ।


































