काठमाडौं । नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारले गति बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको मन्त्रीहरुसहितको पदाधिकारी बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले सरकारको प्रफरमेन्स अझै राम्रो हुनुपर्ने र गठबन्धनमा रहेका दलहरुबीच समन्वय हुनुपर्ने निर्णय गरेको जानकारी दिए ।
उनले भने, ‘सरकारले अझै परफरमेन्स दिन सक्नुपर्छ र तालमेल राम्रो मिल्नुपर्छ भन्ने कुरा उठेको छ ।
बैठकमा सरकारप्रति असन्तुष्ट नेताहरूले आफ्नो कुरा राखेको बताउदै उनले भने- ‘गठबन्धन सरकार भन्ने बित्तिकै एउटै दलले चाहेजस्तो हुँदैन, चाहे प्रधानमन्त्री भएको दलको किन नहोस् । त्यसैले सत्ता गठबन्धन दलहरुबीच समन्वयको आवश्यकता छ। सबैको कुरा समेट्नुपर्ने छ । नियुक्तिका कुराहरुमा पनि सन्तुलन मिलाउनुपर्छ ।’
प्रतिपक्षले सरकार ढली हालोस् भन्ने उनीहरुको धर्म नै भएको टिप्पणी गर्दै प्रवक्ता महतले विपक्षीले भनेका आधारमा सरकार बन्ने र ढल्ने नहुने स्पष्ट गरे ।

































