काठमाडौँ। नेकपा एमालेका सांसद योगेश भट्टराईले कर्मचारीहरूको उमेर हद्दको सीमालाई बढाउनुपर्ने बताएका छन् ।
आज बुधवार प्रतिनिधि सभाको बैठकमा सङ्घीय निजामती सेवा विधेयकमाथिको छलफलमा भाग लिँदै भट्टराईले राष्ट्रिय तथ्याङ्क कार्यालयले १५ वर्षदेखि ६५ वर्ष उमेर समूहलाई कामकाजी मानेको उल्लेख स्मरण बनाउँदै उमेरहद बढाउनुपर्नेमा जोड गरेका छन् ।
एमाले सांसद भट्टराईले हालको ६०-६२ उमेरहदप्रति असन्तुष्ट राख्दै उक्त उमेरहदसीमा बढाउनुपर्ने माग राखेका छन् ।


































