National life

काँग्रेसमाथि गृहमन्त्रीले लगाएको आरोपमाको जवाफ दिन प्रधानमन्त्रीलाई माग

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३२ जेठ २०८१, शुक्रबार
768Shares
काँग्रेसमाथि गृहमन्त्रीले लगाएको आरोपमाको जवाफ दिन प्रधानमन्त्रीलाई माग
ncell

काठमाडौं। नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको अभिव्यक्तिमाथि प्रधानमन्त्रीको जवाफ मागेको छ ।

प्रतिनिधिसभाको बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछानेले केही समयअघि कांग्रेस नेताहरूमाथि लगाएको आरोपको प्रधानमन्त्री समक्ष जवाफ मागेका छन् ।

उनले भने, ‘प्रधानमन्त्री सदनमा देखिराख्नुभएको छैन। केही समय पहिला उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यो सदनमै रहेको नेताहरूमाथि अत्यन्तै ज्यादा लाञ्छनापूर्ण आफ्ना अभिव्यक्तिहरू दिनुभयो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हामीले प्रधानमन्त्रीसँग उहाँले अभिव्यक्त गर्नुभएको कुरामा जवाफ दिनुपर्छ भनेर माग गरेका छौँ। मैले के विश्वास गरौँ हामीले माग गरेको विषयमा तयारी गरेर बस्नुभएको हो कि ? त्यो तयारी सकिएपछि मात्रै एकैचोटी जवाफ दिन्छु भनेर आउनुहुने हो कि ? अथवा त्यसको जवाफ दिन नसकेर डराएर भाग्न खोज्नुभएको हो कि रु मैले के अनुमान गर्ने ? ’

उनले प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रपतिको विदेश भ्रमणबारे आगामी बैठकमा सदनलाई जानकारी गराउन सभामुखबाट रुलिङ माग गरे।

यो समाचार शेयर गर्नुहोस्
768SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?