काठमाडौंः नेपाली काँग्रेसले मङ्गलवार प्रतिनिधि सभा बैठकमा सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ ।
काँग्रेस सांसद दीपक गिरीले लामिछानेको राजीनामा माग गरेका हुन् । जसको अनुसन्धान गर्नुपर्ने हो उहाँ अहिले गृहमन्त्री हुनुहुन्छ, गिरीले भने, जसरी पनि गृह मन्त्रालयले नै चाहिन्छ भन्दै सरकारमा सामेल हुनुले निष्पक्ष छानबिन प्रक्रियामा बाधा पुग्ने देखिन्छ ।
त्यसैले हामी उहाँको राजीनामा माग गर्दै छौँ । यस्तै, उनले सहकारी ठगी प्रकरणमा दीपेश पुन पक्राउ पर्दा रवि लामिछाने किन नभएको भनी प्रश्न खडा गरेका छन् ।

































