National life

'काठमाडौँको एयरपोर्ट बनाउनु ९० वर्षकी आमालाई लिपिस्टिक लगाएर राम्री बनाउनु उस्तै हो’,मन्त्री किराती

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ पुस २०८०, शुक्रबार
862Shares
'काठमाडौँको एयरपोर्ट बनाउनु ९० वर्षकी आमालाई लिपिस्टिक लगाएर राम्री बनाउनु उस्तै हो’,मन्त्री किराती
ncell

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जतिसुकै ठुलो बनाए पनि त्यसले परिणाम दिन नसक्ने बताएका उल्लेख गरेका छन्।

शुक्रवार प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा नेपालका विमानस्थलको अवस्थाबारे जानकारी दिँदै मन्त्री किरातीले यस्तो बताएका हुन् ।

‘अब काठमाडौँको एयरपोर्ट बनाउनु र ९० वर्षकी आमालाई लिपिस्टिक पाउडर लगाएर राम्री बनाउनु उस्तै उस्तै हो’, मन्त्री किरातीले भने, ‘त्यसकारण यसको विकल्प हामीले खोज्नै पर्छ । र यसको विकल्प भनेको निजगढ विमानस्थल नै हो ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले निजगढ विमानस्थल कसरी अघि बढाउने भन्ने विषयमा पहिलादेखि नै छलफल हुँदै आए पनि बिचमा अदालतको आदेशका कारण स्थगन भए पनि अहिले प्रक्रिया सुरु भएको बताएका छन् ।

‘निजगढको पनि प्रक्रिया अघि बढेको छ। अब हामी काठमाडौँसहित पोखरा, भैरहवा र निजगढ विमानस्थललाई पीपीपी मोडलमा अगाडि बढाउनुपर्छ र जरुरी छ’, उनले भने, ‘पुरानो राष्ट्रवादको रक्सी पिएर मातेर बस्नु हुँदैन । आजको राष्ट्रवादको जगमा उभिएर बैरी र अभावको अन्य गर्नुपर्छ, नुनपानी र रोटीको ग्यारेन्टी गर्नुपर्ने राष्ट्रवाद हामीलाई चाहिएको छ।’

 

यो समाचार शेयर गर्नुहोस्
862SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?