National life

कृषि मन्त्री ब्युँझाउन किसानका पशु चौपाया सिंहदरबार हुल्दिनुपर्ने हो :सांसद ढकाल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ फागुन २०८०, आइतबार
775Shares
कृषि मन्त्री ब्युँझाउन किसानका पशु चौपाया सिंहदरबार हुल्दिनुपर्ने हो :सांसद ढकाल
ncell

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकारका कृषि मन्त्री चरम निन्द्रामा रहेको भन्दै व्यङ्ग्य गरेका छन् ।

आज आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद ढकालले कृषि मन्त्री मस्त निद्रामा रहको भन्दै उनलाई ब्युँझाउन किसानका पशु चौपाया सिंहदरबारमा हुल्नुपर्ने हो र भन्दै प्रश्न गरेका छन् ।

कृषि मन्त्रीले किसानका लागि कुनै काम गर्न नसकेको ढकालको टिप्पणी छ । उनले भने– ‘प्रणय बन्धनका प्रेमिल भन्दा पनि बढी यो गठबन्धन सरकारका कृषि मन्त्री बेदुराम भुसाललाई म प्रश्न गर्न चाहन्छु ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तपाई कृषि मन्त्री भएपश्चात् मनलाग्दी नियुक्ति बाहेक तपाईँले गरेको एउटा काम के हो ?

कृषि क्षेत्रको लागि के हो एउटा काम भनिदिनुस् । दूध किसानको हालत उस्तै छ, मिल्क होलिडे सुरु भएको छ, भुक्तानी पाएका छैनन्, अब यो सरकार र कृषि मन्त्रीलाई ब्युँझाउनलाई किसानहरूले पालेका पशु चौपाया ल्याएर सिंहदरबार हुल्दिने हो कि बालुवाटार हुल्दिने हो रु नत्र सरकार ब्युँझिँदैन ।’

यो समाचार शेयर गर्नुहोस्
775SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?