National life
cg eloctronics

पुँजी बजारको वर्तमान अवस्थाबारे सांसद हरि ढकालको धारणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ भदौ २०८१, बिहिबार
957Shares
पुँजी बजारको वर्तमान अवस्थाबारे सांसद हरि ढकालको धारणा
muktinatha bikash bank

काठमाडौं। वित्तीय प्रणालीको महत्त्वपूर्ण अंगको रूपमा रहेको पुँजी बजारको वर्तमान अवस्थाको चित्रण गर्दै दीर्घकालीन समयावधिसम्मको निरन्तर लगायतका विषयमा रास्वपाका सांसद हरि ढकालले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् । पुँजी बजारको वर्तमान अवस्थाबारे मेरो धारणा भन्दै ढकालले बुँदागत रूपमा यस्तो भनेका छन् ।

१) हामी सांसदहरुले सेयर बजारका कम्पनीको सेयर मूल्य तोक्ने, असल वा खराब कम्पनी छुट्याउने, बजारका लगानीकर्ताको नाम तोकेर टिप्पणी गर्ने र बजारलाई प्रभावित पार्ने गरी अभिब्यक्ति दिने काम गर्नु विल्कुलै उचित हैन । हामीले ऐन नियम बनाउने र त्यसको कार्यान्वयनबारे सरोकार मात्र राख्ने हो । केही सांसदबाट भएको अनुपयुक्त बक्तब्यबाजीप्रति खेद ब्यक्त गर्दछु । तर बजारमा भईरहेको सर्बसाधारणको लगानीलाई जोखिममा पार्ने गैरकानूनी गतिविधिहरु नियन्त्रण गर्न सरकार र नियमनकारी निकायहरु पनि उत्तिकै चनाखो हुनुपर्नेमा जोड दिन्छु ।

3 ad - 1
3 ad - 2
3 ad - 3

२) बजारको पूँजीकरण र देशको जीडीपीलाई लिएर भईरहेको टीकाटिप्पणी पनि पुरै अप्रासांगिक हो । हाम्रो बजारमा दैनिक कारोबारयोग्य सेयरको मूल्यको आधारमा हिसाब गर्दा झण्डै १७ खर्ब मात्र बजार पूँजीकरण रहेको देखिन्छ । बजारका राम्रा कम्पनीहरुको सेयरको मूल्य अझै धेरै सस्तो र आम सर्बसाधारण लगानीकर्ताले पाँच बर्ष अगाडि किनेको मूल्य भन्दा धेरै कम्पनीको सेयर मूल्य तल रहेकोले अहिले आँत्तिनुपर्ने गरी केही भएकै छैन भन्नेमा म सरोकारवाला सबैको ध्यानाकर्षण गराउँछु ।

everest bank

३) सरकारले पूँजी बजारको सुधार र बिस्तारका लागि धेरै कामहरु गर्नेतर्फ सक्रियता नदेखाएकाले अपेक्षाकृत रुपमा बजारको स्थायित्व कायम हुन नसकेकाले तत्काल त्यतातिर ध्यान दिन आग्रह गर्छु । खासगरी लामो समयदेखि धितोपत्र बोर्डको अध्यक्ष रिक्त रहँदा कयौं कामहरु अबरुद्ध रहि बजारको नियमनमै बाधा परेकाले तत्काल कुनै स्वार्थ समूहबाट प्रभावित नभएको सक्षम, योग्य र स्वच्छ ब्यक्ति नियुक्त गर्न माग गर्दछु ।

४) नेपालको पूँजी बजारमा ६३ लाख भन्दा बढी सर्बसाधारणको प्रत्यक्ष संलग्नता रहेको अबस्थामा म तिनै आम सर्बसाधारण लगानीकर्ताको सदिच्छाले साँसद भएको समेत पृष्ठभुमिमा उभिएर सधैं आम सर्बसाधारण लगानीकर्ताको हित र पूँजी बजारको बिकास र बिस्तारका लागि लडिरहने पुनः प्रण गर्दछु । साथै कसैको बहकाउमा नपरी जोखिमको अवस्था विचार गरेर आफ्नै अध्ययन, विश्लेषण र निर्णयले राम्रा कम्पनीहरुमा सुझबुझपूर्ण र आफ्नो स्वविवेक प्रयोग गर्न आम लगानीकर्ताहरुमा अपील गर्दछु ।

यो समाचार शेयर गर्नुहोस्
957SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?