National life

केन्द्रले ३ करोड भन्दा साना आयोजनामा नराख्ने प्रधानमन्त्री प्रचण्डको भनाई

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ चैत २०८०, आइतबार
749Shares
केन्द्रले ३ करोड भन्दा साना आयोजनामा नराख्ने प्रधानमन्त्री प्रचण्डको भनाई
ncell

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केन्द्रले ३ करोड रुपैयाँ भन्दा साना आयोजनामा बजेट नराख्ने बताएका छन् । माओवादी केन्द्र मधेश प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त विषयमा प्रस्ट्याएका हुन ।

उनले भने,‘तल्लो तहका सरकारलाई बलियो बनाउन साना आयोजनामा केन्द्रले बजेट राख्दैन । आगामी आर्थिक वर्षदेखि यो लागू हुन्छ।’ नीति तथा कार्यक्रम एवं वार्षिक बजेट बनाउने परम्परागत ढाँचा परिवर्तन गरिएको प्रधानमन्त्री प्रचण्डले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले भने, ‘प्रभावकारी कार्यक्रम तयार गर्न र नतिजा आउनेगरी बजेट विनियोजन गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिइसकेको छु ।’

प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरणको सरकार बनेपछि अर्थतन्त्रले सकारात्मक लय लिएको दाबीसमेत गरेका छन् । उनले भने, ‘उद्योगी व्यवसायीहरू सकारात्मक भएका छन् । अर्थतन्त्र चलयमान र दबाबमुक्त पनि भएको छ।’माओवादी केन्द्रले सरकारको नेतृत्व गरेसँगै सुशासनका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धी भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्ध सरकारले चालेका कदमबाट जनतामा सकारात्मक सन्देश प्रवाह भएको पनि प्रधानमन्त्री प्रचण्डको भनाई रहेको छ ।

आगामी आर्थिक वर्षमा मधेश प्रदेशका लागि नयाँ र विशेष प्याकेज तयार गर्न आफूले निर्देशन दिएको पनि उल्लेख गरेका छन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘मधेश प्रदेशको भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगारीजस्ता आधारभूत विषयलाई केन्द्रित गरेर प्याकेज तयार गर्न निर्देशन दिएको छु, यस पटक मधेशमा नयाँ हुन्छ ।’

 

यो समाचार शेयर गर्नुहोस्
749SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?