National life

गंगालाल अस्पतालको स्वरूप फेर्दै डा.मल्ल, एक वर्षमा गरे यति धेरै परिवर्तन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ पुस २०८१, बिहिबार
1.9kShares
गंगालाल अस्पतालको स्वरूप फेर्दै डा.मल्ल, एक वर्षमा गरे यति धेरै परिवर्तन
ncell

काठमाडौँ । नेपालको स्वास्थ्य क्षेत्रमा गंगालाल अस्पतालको भिन्न  पहिचान बनेको छ ।

निजी क्षेत्रको स्वास्थ्य सेवा महँगो र सरकारी स्वास्थ्य सेवा प्रभावकारी बन्न नसकेको आम गुनासोको बिच शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले तुलनात्मक रूपमा गुणस्तरीय र प्रभावकारी सेवा उपलब्ध गराउँदै आफ्नो बलियो पहिचान बनाउँदै आएको छ।

मुटुरोगको उपचारका लागि स्थापित यस अस्पतालले हाल मुलुकभरका अस्पतालहरूबाट मुटुसँग सम्बन्धित उपचारका लागि बिरामी सिफारिस भई आउने केन्द्रीय अस्पतालको भूमिका निर्वाह गरिरहेको छ ।

मानव अङ्गहरूमध्ये सबैभन्दा संवेदनशील मानिने मुटुको उपचारको लागि प्रायजसोको हकमा गंगालाल अस्पताल नै पहिलो रोजाई बन्ने गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सबैको अभिभावकीय भूमिका निर्वाह गरेको यस अस्पतालको सर्वाङ्गीण विकासका लागि सम्बन्धित निकायको उत्तिकै भूमिका रहन्छ त्यसका साथै कर्मचारी तथा अस्पताल प्रशासनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने कार्यकारी निर्देशकको भूमिका अझ विशेष मानिन्छ ।

यही सन्दर्भमा २०८० साल पुस महिनामा गंगालाल अस्पतालको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाएका डा.रबी मल्लको १ वर्षेको अवधि पुरा भएको छ । नियुक्तिको भएको एक महिनामै कार्यकारी निर्देशकको जिम्मेवारी प्राप्त गरेका डा.मल्लले गङ्गालाल अस्पतालको बागडोर समालेको १ वर्ष पुरा भएको छ। उक्त अवसरमा डाक्टर मल्लले आफूले जिम्मेवारी सम्हाले लगत्तै गङ्गालाल अस्पताललाई आमा र त्यहाँ कार्यरत कर्मचारीलाई गङ्गालालका सन्तानको रूपमा हेरेको बताएका छन् ।

गंगालाल अस्पतालको अस्तित्वलाई सुदृढ गर्दै अगाडी बढ्ने सन्दर्भमा कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्ने गरी सहज र सरल एवम् वातावरण निर्माण गर्दै लगनशील भएर कार्य दक्षता प्रस्तुत  गर्न आन्तरिक सर्कुलर मिलाउनुको साथै अस्पतालका सेवाहरूमा व्यापक सुधार गर्न सफल बनेका छन् ।

विगतमा दैनिक ५- ७ जनाको ओपन हार्ट सर्जरी मुस्किलले मात्र हुने गरेको दया लाग्दो अवस्थालाई चिरेर डा. मल्लले हाल दैनिक ८ देखी १० जनाको ओपन हर्ट सर्जरी गर्न सकेको र सोही अनुसार वातावरण निर्माण गर्न विशेष पहलकदमी लिएको प्रशासनको भनाई छ । अप्रेसनको दायरा बढाउने गरी डा.मल्लले सर्जरी युनिटसँग निरन्तर छलफल गरिरहेको बताए। यसैगरी ओपिडीमा आउने बिरामीलाई कुनै किसिमको सास्ती खेप्नु नपरोस् भन्ने हेतुले OPD भवनको माथिल्लो तल्ला र तल्लो तल्ला गरी ओपिडी बिस्तारमा  सहजीकरण गरिनुको साथै इको गरेको  दिनमै सबै रिपोर्ट हेरेर बिरामीलाई डिस्चार्ज गर्न सफल भएको डाक्टर मल्लको अनुभूति छ।

यस अगाडि बिरामीको ईको रिपोर्ट एक दिन पछि मात्रै हेरिने गरिएको भए पनि हाल आएर सोही दिन हेर्ने व्यवस्था गरिनुको साथै , अस्पतालका छोडेर  कर्मचारीहरूले निजी मेडिकलका व्यापारीहरूसँग गरेको मिलेमतो सहितको बेथितिलाई तोड्दै अहिले यसको अन्त्य गरी फार्मेसी ,क्याथल्याब, ल्याबमा आवश्यक  उपरण तथा सामाग्रीमा हुने कमिसनको खेललाई समेत अन्त्य गरिएको अस्पतालमा आबद्ध कर्मचारीहरूको भनाई छ ।

अस्पतालका कार्यकारी निर्देशक डाक्टर मल्लले कर्मचारीको पक्षमा समेत महत्त्वपूर्ण काम गर्दै आएका छन् । विगतमा कर्मचारीले  जागिरबाट अवकाश लिँदा उपदान स्वरूप पाउने रकम अवकाश लिएकै समयमा मात्र पाउने नियम रहकोमा हाल कर्मचारी कार्यरत रहेकै अवधिमा लिन पाउने व्यवस्था गरिएको छ।

अस्पतालको ल्याब शाखामा कार्यरत कर्ण विश्वकर्माका अनुसार त्यहाँ स्थित प्रत्येक कर्मचारीको खातामा नागरिक लगानी कोषद्वारा प्राप्त हुने मुनाफा कर्मचारीको खातामा आउने र उनीहरूले चाहे अनुरूप उपयोग गर्न पाएकोले उक्त व्यवस्थाबाट अस्पतालका कर्मचारीहरू खुसी भएको बताएका छन् ।

साथै विश्वकर्माले त्यसको सकारात्मक प्रभाव कर्मचारीहरूको कार्यकुशलता र अस्पतालको सेवा प्रवाहमा परेको बताए। आज कार्यकारी निर्देशक डा.मल्लको कार्य अवधि एक वर्ष पुरा भएको अवसरमा अस्पतालका डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले बधाई कार्यक्रम आयोजना गरी थप सफलताको लागि शुभकामना दिदैं डाक्टर मल्लको नेतृत्वमा अस्पतालले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन् ।

अस्पतालमा कार्यरत कर्मचारीका ५ जना परिवारको प्रथम केन्द्र बिन्दु गङ्गालाल अस्पताल रहने गरी स्वास्थ्य बिमा लागु भएको र  बिमा बापत लाग्ने रकम अस्पतालले नै बेहोर्ने व्यवस्था गरिएको छ। निवर्तमान कार्यकारी निर्देशकद्धारा  महिला कर्मचारी सुत्केरी हुँदा र कर्मचारीको आमा बुवाको मृत्यु हुँदा पाउने सेवा सुविधा हटाइएकामा डाक्टर मल्लले आफू नियुक्ति  पाएसँगै सुत्केरी स्याहार सुविधा र आमा बुवाको मृत्यु भएको खण्डमा तलब भत्ता नकाट्ने गरी कर्मचारीले बिदा लगायत अन्य सुविधाहरु पाउने गरी व्यवस्था लागु गरेका थिए ।

यसैगरी अस्पतालको सुरुवाती समयमा खरिद भएका तर हाल बिग्रेका र पुनः प्रयोगमा न आएका सामाग्रीको पहिलो पटक लिलामी प्रक्रिया अगाडी बढाएको छ । गरिब विपन्न परिवार जसलाई खाना समेतको समस्या छ त्यस्ता  बिरामीहरूका लागि दैनिक २०० जनालाई निःशुल्क खाना खाने व्यवस्था मिलाएकोमा कर्मचारी संघले धन्यवाद  दिँदै अस्पताल सुधारको पक्षमा डटेर काम गर्न डा.मल्ललाई एक वर्षे यात्रा पुरा भएको अवसरमा हौसला थप गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?