National life

गृहमन्त्रीमाथि छानबिन गर्न दिएको अल्टिमेटम सकिएको घोषणा, अब के गर्ला काँग्रेस ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ चैत २०८०, बुधबार
387Shares
गृहमन्त्रीमाथि छानबिन गर्न दिएको अल्टिमेटम सकिएको घोषणा, अब के गर्ला काँग्रेस ?
ncell

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति बनाउन काँग्रेसले दिएको अल्टिमेटम सकिएको जानकारी गराएका छन् ।

आज बुधवार प्रतिनिधि सभा बैठकमा सांसद शर्माले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको विषयलाई छानबिन गर्न संसदीय समिति बनाउनका लागि दिइएको अल्टिमेटम सकिएको शर्माले घोषणा गरेका हुन् । विगतमा संसद् अवरुद्ध भएको र तोडफोड समेत भएको आफूहरूले देखेको भन्दै प्रतिपक्षको विनम्रता र शालीनता कमजोरी लाग्या हो भन्दै प्रश्न गरेका छन्।

आगामी संसद् बैठकमा आउँदा संसदीय छानबिन समिति बनाएर आउन सरकारलाई उनले आग्रह गरे।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेपाली काँग्रेस संसदीय छानबिन समिति बनाउने कुरामा दायाँबायाँ नहुने उनको भनाइ छ।

‘आज मैले यहाँ उभिएर प्रमुख प्रतिपक्ष दलको तर्फबाट बोल्दै गर्दा केवल प्रमुख प्रतिपक्षी दलको तर्फबाट मात्रै बोलिरहेको छैन। ५० हजारभन्दा बढी सहकारीका पीडित भएका नागरिकहरूको तर्फबाट पनि बोलिरहेको छु । उहाँहरूको तर्फबाट बोल्दै गर्दा मैले जानकारी गराउनुपर्छ, आजबाट हाम्रो अल्टिमेटम सकिएको घोषणा पनि मैले यहाँलाई सुनाउनुपर्छ,’ शर्माले भने, ‘संसद् चलेन । संसद् अवरुद्ध भयो । हामीले कसरी–कसरी संसद् नचलेको हेरेका छौँ । संसद् अवरुद्ध भएको हेरेका छौँ । संसदमा तोडफोड भएको हेरेका छौँ । आज प्रमुख प्रतिपक्षको विनम्रता, शालीनता कमजोरी लाग्यो रु के प्रतिपक्षले उठाएका प्रश्न गलत लाग्यो रु त्यसैले अब आजको बैठक पछाडि सरकारलाई अपिल छ । आउँदो बैठकमा आउँदै गर्दा सरकारले संसदीय छानबिन समिति लिएर आओस् । हामी त्यो कुराभन्दा दायाँ न बायाँ हामी उभिने छैनौँ ।’

सांसद शर्माले मलेसियाको कानुनमा कुनै पनि देशको कोही अभियुक्त भएमा सम्बन्धित देशले कूटनीतिक प्रक्रियाबाट माग गरेमा सुपुर्दगी गर्न सकिने उल्लेख गरिएको बताए । जीवी राईलाई ल्याउन किन ढिलाइ भएको हो भनी उनले प्रश्न गरे । जीवी राई गृहमन्त्री रवि लामिछानेको सम्पर्कमा रहेको सूचना आफूहरूसँग रहेको उनको भनाइ छ ।

यो समाचार शेयर गर्नुहोस्
387SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?