काठमाडौँ। नव नियुक्त गृहमन्त्री रमेश लेखकले सोमबार पदभार गर्दै त्रिशूली सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्नका लागि कार्यदल गठन गरेका छन् ।
मन्त्री रिजालले पदभार ग्रहण गर्दै सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गरेका छन्।
कार्यदलमा ३ सुरक्षा निकायका ३ जना, भौतिक मन्त्रालयका १ जना र सहसचिव रिजाल गरी ५ जना सदस्य रहेका छन्।
उक्त बस दुर्घटनाबारे अध्ययन गर्नका लागि कार्यदललाई १० दिन समय दिइएको छ ।
नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा गत शुक्रवार बिहान करिब साढे ३ बजे खसेको पहिरोले दुई वटा बसलाई सोहोरेर त्रिशूली नदीमा बगाएको थियो ।
सोही दिन बिहानदेखि ती बस र बसमा सवार करिब ६५ जना यात्रुहरूको खोजी कार्य जारी राखिएको छ । हालसम्म ११ जनाको मात्र शव भेटिएको छ ।


































