काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिका रवि लामिछानेले आफूले कोही कसैको एक पैसा ठगी नगरेको स्पष्ट पारेका छन् । आज (शुक्रवार) आफ्नो निर्वाचन क्षेत्रमा जनतासँगको अन्तरक्रियामा बोल्दै सभापति लामिछानेले बजारमा भ्रमहरूमा नपर्न सबैलाई आग्रह गरेका छन् ।
सभापति लामिछानेले आफूलाई सहकारी ठगी प्रकरणमा फसाउन सकिन्छ कि भनेर केही शक्ति लागेको आरोप आरोप लगाएका छन् । उनले आफूहरू सरकारमा हुँदा नै सहकारीको समस्या समाधान गर्नेगरि काम गरेको समेत दाबी गरेका छन् ।
उनले सहकारी पीडितहरूलाई पैसा फिर्ता गराउन गम्भीर भएर लागिपर्ने वचन दिए । सम्बोधनको क्रममा लामिछानेले भने,‘ मैले कसैको पैसा ठगेको छैन।
अहिले पनि प्रतिवेदनको पाना पल्टाएर कुन न्यायाधीशसँग कुन वकिलसँग कुन ठाउँमा कुन क्षेत्रमा बहस गर्नुपर्छ तयार छु। गलत ढङ्गले फसाउन खोजेर सकिन्न। दुई वर्ष लगाएर सक्नुभएन अझै खोज्नुस्। अनुसन्धानमा सघाउँछु।

































