काठमाडौँ । रास्वपाकी सांसद पूर्वशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेकी सुमना श्रेष्ठले त्रिभुवन विश्व विद्यालयमा बुद्धि भन्दा बल ठुलो, बलभन्दा दल ठुलोजस्तो देखिएको टिप्पणी गरेकी छिन् ।
आजको बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद श्रेष्ठले शैक्षिक संस्थामा राजनीतिक दलको हस्तक्षेप गराउने प्रधानमन्त्रीलाई कार्यक्षमतामाथि प्रश्न किन नउठाउने भन्दै प्रश्न गरेकी हुन् ।
‘सानो हुँदा पढेको थिएँ, बलभन्दा बुद्धि ठुलो। अहिले विश्वविद्यालयको अवस्था हेर्ने हो भने, धेरै सांसदहरूले यहाँ प्रकट गरेको व्यवहारिक शिक्षा हुनुपर्छ भन्दा खेरी हैन, बुद्धिभन्दा बल ठुलो, बलभन्दा दल ठुलो भनेर पठाइयो, विभागीय प्रमुखको लागि।
त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभाग प्रमुखको नियुक्तिमा नेपाली कांग्रेस र नेकपा ९एमाले० बिच झगडा देखिनुमा प्रधानमन्त्रीसमेत रहेका कुलपति केपी शर्मा ओलीकै कार्यक्षमतामाथि उनले प्रश्न उठाएकी छिन्। विवाद भएका विश्वविद्यालयका कुलपति प्रधानमन्त्री रहेको बताउँदै उनले नै समाधान गर्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रहेकी श्रेष्ठको भनाई छ ।


































