काठमाडौँ । सन् २०३० सम्म राखिएको दिगो विकासको लक्ष्यको ४१.४ प्रतिशत उपलब्धि हासिल भएको अर्थमन्त्री वर्षमान पुनले बताएका छन् ।
प्रतिपक्षको अवरोधलाई चिर्दै प्रतिनिधिसभामा चालू वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गरेका अर्थमन्त्री पुनले दिगो विकास लक्ष्यको ४१ प्रतिशत लक्ष्य हासिल भएको बताएका हुन् ।
मन्त्री पुनले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै विकासमा सरकारले यसलाई हात पारेको उपलब्धि भएको बताए।
यस्तै उनले मानव विकास सूचांक, प्रतिव्यक्ति आय, महिलाको स्थिति, खानेपानी र सिँचाइको स्थिति लगायतबारे समेत जानकारी दिएका छन् ।
अर्थमन्त्री पुनले ऊर्जा क्षेत्रमा नेपालले शत प्रतिशत जनतामा विद्युत्को पहुँच पुर्याउने लक्ष्य बोकेको बताएका छन् ।


































