National life

यो सरकार बिचौलियाको साटगाँथ हो भनेर देउवा जी ले स्वीकार गर्नुभयो : पुन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ भदौ २०८१, मङ्गलबार
722Shares
यो सरकार बिचौलियाको साटगाँथ हो भनेर देउवा जी ले स्वीकार गर्नुभयो : पुन
ncell

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले वर्तमान केपी ओली नेतृत्वको सरकार बिचौलिया व्यापारीले निर्माण गरेको भन्ने आफूहरूको आरोप पुष्टि भएको बताएका छन् ।

पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी रुपन्देहीको २३औँ जिल्ला सम्मेलनको मङ्गलवार उद्घाटन गर्दै पुनले आफूहरूले भन्दै आएको विषय कांग्रेस सभापति शेरबहादुर देउवाले स्वीकार गरेको बताए। ‘हाम्रा अध्यक्ष प्रचण्डले संसद्को रोस्ट्रमबाटै बिचौलिया र भ्रष्टाचारी समात्न थालेपछि उनीहरूले हामीलाई सरकारबाट निकाले, कांग्रेस(एमालेलाई मिलाइदिए भन्नुभएको थियो’ पुनले भने, ‘पूर्व प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले एक व्यापारीको नाम लिएर भनेको सुनियो, उहाँलाई केपी ओलीजीको मात्र मान्छे भन्छन् ।

उहाँ हामी दुवैको साझा मान्छे हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उहाँको वर्तमान सरकार बनाउन निकै ठुलो भूमिका छ भनेर स्वीकार गर्नुभयो।’आफूहरूले सुरुदेखि नै भन्दै आएको उक्त विषयबारे सत्ताबाट हट्नुपर्दाको पीडास्वरुप माओवादीले पूर्वाग्रहपूर्ण टिप्पणी गर्नेहरूले समेत सरकार बिचौलियाले नै बनाएका रहेछन् भन्न थालेको उनको भनाइ थियो ।

ओली सरकारलाई जनताले काले काले मिलेर खाऔँ वालाहरुको सरकार भनिरहेका बेला देउवाले बिचौलिया र भ्रष्टाचारीहरु मिलेर माओवादीलाई बाहिर निकालेर आफूअनुकुल कांग्रेस(एमाले सरकार बनाएको स्वीकार गरेको टिप्पणी गरे । उनले अहिलेको सरकारले जनताको विकास र सुशासनको अपेक्षा सम्बोधन नगर्ने भन्दै सरकार निर्माणमा संलग्न बिचौलिया वर्गको सेवा गर्ने आरोप लगाए ।

पुनले गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता र धर्मनिरपेक्षताको एजेण्डामा कांग्रेस(एमालेलाई माओवादीले सहमत गराएर सहकार्य गरेको भए पनि सुशासनको एजेण्डामा कुरा नमिलेको पुनले बताए । पुनले प्रचण्डको नेतृत्वमा भएको १० वर्षे सशस्त्र जनयुद्दकै कारण अहिलेका राजनीतिक उपलब्धि हासिल भएकाले त्यसलाई अवमूल्यन र अपमान गर्ने कार्य कदापि स्वीकार्य नरहेको टिप्पणी गरे ।

यो समाचार शेयर गर्नुहोस्
722SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?