काठमाडौँ। सङ्घीय मन्त्रीह्ररुले अबदेखि प्रत्येक दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो कामबारे ब्रिफिङ गर्नुपर्ने भएको छ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रत्येक मन्त्रीले प्रत्येक दिनको साँझ ब्रिफिङ गर्नुपर्ने निर्णय गरेको प्रधानमन्त्री प्रचण्डको भनाई छ । राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले प्रत्येक मन्त्रीले हरेक दिन ब्रिफिङ गर्नुपर्ने व्यवस्था गरिएको हो।
‘प्रत्येक दिन बेलुका दिनभरि गरेकामध्ये ठुलो र राम्रो कामको ब्रिफिङ गर्ने निर्णय गरिएको छ’ प्रधानमन्त्रीले बैठकमा भने, ‘यो निर्णयले सबै मन्त्रीलाई काम गर्न बल पुग्छ ।
राजनीतिक नेतृत्व र कर्मचारीले एक अर्कालाई साथ र सहयोग नगरेमा कोही पनि सफल नहुने भन्ने विश्लेषण मन्त्रिपरिषद् बैठकमा भएको थियो । त्यही आधारमा प्रत्येक मन्त्रीले हरेक दिनका कामको ब्रिफिङ गर्नुपर्ने निर्णयमा पुगेको प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।

































