National life

नवीकरणीय ऊर्जा विस्तारका लागि बनेको विधेयक यथाशीघ्र पारित हुँदै छः मन्त्री खड्का

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ कात्तिक २०८१, मङ्गलबार
723Shares
नवीकरणीय ऊर्जा विस्तारका लागि बनेको विधेयक यथाशीघ्र पारित हुँदै छः मन्त्री खड्का
ncell

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकारले निर्माण गरेको विधेयक यथाशीघ्र पारित हुनुपर्ने बताए ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २८औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले नवीकरणीय ऊर्जाको विकासका लागि संसद्को आगामी अधिवेशनमा उक्त विधेयकलाई प्राथमिकताका साथ प्रस्तुत गरिने बताएका छन् ।

सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने सरकारी लक्ष्य रहेकाले त्यसलाई पूरा गर्न केन्द्रको भूमिका महत्त्वपूर्ण हुने मन्त्री खड्काको भनाई छ। कार्यक्रममा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले नवीकरणीय ऊर्जाका माध्यमबाट विद्युत् नभएका स्थानमा उज्यालो पुर्‍याउन केन्द्रले निर्वाह गरेको भूमिकाको सराहना गरे।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मन्त्रालयका सचिव सुरेश आचार्यले राष्ट्रिय प्रसारण लाइन नपुगेका क्षेत्रमा सौर्य प्यानलका माध्यमबाट ऊर्जा उत्पादन भएको जानकारी दिए। केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले स्थापनाकालदेखि नै केन्द्रले काम गरी हालसम्म ४० हजार दुई सय ५३ किलोवाट लघु तथा साना जलविद्युत् आयोजना निर्माण गरेको तथ्यांक प्रस्तुत गरे।

यो समाचार शेयर गर्नुहोस्
723SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?