काठमाडौँ । बुधवार काठमाडौँ आयोजना स्टार्टअप नीति २०८० को संवाद कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रको मनोबल उच्च भए मात्रै आर्थिक समृद्धि हुन्छ भन्ने कुरा स्थापित भएको बताए ।
आर्थिक वर्ष २०८१- ०८२ को बजेट मार्फत निजी क्षेत्रका अधिकांश सुझाव सम्बोधन भएकोप्रति अध्यक्ष ढकालले सरकारप्रति शुशी व्यक्त गरेका छन् । उनले भने, ‘निजी क्षेत्रको विकास बिना आर्थिक सुधार हुदैन भन्ने कुरा स्थापित भएको छ । हाम्रो लागि यो उपलब्धि हो ।
उनले निजी क्षेत्रका लागि लगानी योग्य वातावरण बनाउन सरकाले कानुन परिमार्जन गर्ने कुरा स्वागत योग्य भएको बताए । कानुन नै परिवर्तन गरेर लगानी योग्य वातावरण बनाउने काम निकै राम्रा काम हो । हामीले सुझाव दिए अनुसार सरकार नयाँ चरणको सुधार तिर लागि रहेको छ’ ढकालले भने ।
स्टार्टअप नीतिलाई सरकारले बजेटमार्फत समेत समेटेको भन्दै उनले अब कार्यान्वयनमा तीव्रता दिनु पर्ने ढकालको भनाई छ । ‘स्टार्टअप नीति ल्याउन सबैको ठुलो सहयोगी भयो । स्टार्टअप पोलिसि आइसकेको छ । यसलाई सरकारले प्राथमिकतामा दिएको छ ।’ ढकालले भने, ‘अब स्टार्टअपको सही सदुपयोग गर्ने तिर पनि अघि बढ्नु पर्छ।’
अध्यक्ष ढकालले आफू पनि स्टार्टअपबाट आएर महासंघको नेतृत्वमा आउन सफल भएको बताए । ‘म सानो व्यवसायदेखि म पनि लागेको हु । त्यही व्यवसायी गर्ने मान्छे म महासंघको नेतृत्वमा आएको छु । अध्यक्ष ढकाले आफ्नो अनुभूति सुनाएका थिए ।
































