National life

नेपालको आर्थिक विकास र समृद्धिमा चीनलाई जोड्न मेरो ध्यान केन्द्रित रह्यो: मन्त्री श्रेष्ठ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ चैत २०८०, सोमबार
1.3kShares
नेपालको आर्थिक विकास र समृद्धिमा चीनलाई जोड्न मेरो ध्यान केन्द्रित रह्यो: मन्त्री श्रेष्ठ
ncell

काठमाडौँ। उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको सात दिने भ्रमण पूरा गरी (आज) सोमबार बिहान स्वदेश फर्किएका छन् । मन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई निःशुल्क भिसा उपलब्ध गराइदिन चिनियाँ पक्षसँग आग्रह गरेको बताएका छन् ।

उक्त आग्रहमा चिनियाँ पक्षबाट सकारात्मक प्रतिक्रिया आएको मन्त्री श्रेष्ठको भनाई छ । उनले भने, ‘नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकहरूलाई नेपालले सन् २०१६ देखि नै निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई पनि चिनियाँ भिसा निःशुल्क उपलब्ध गराउन मैले अनुरोध गरेको छु । यसमा चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको छ ।’

चिनियाँ विदेश मन्त्रीको औपचारिक निमन्त्रणमा मन्त्री श्रेष्ठ चैत ११ गते चीन भ्रमणमा गएका थिए। भ्रमणको क्रममा उच्चस्तरीय भेटघाटसमेत गरेका थिए । आर्थिक कूटनीतिलाई केन्द्रमा राखेर आफूले चिनियाँ पक्षसँग छलफल गरेको जानकारी उनले गराए ।

‘मेरो मुख्य ध्यान नेपालको अहिलेको केन्द्रीय कार्यभार आर्थिक विकास र समृद्धिमा चीन र नेपालको बिचको अन्तर्क्रिया र अन्तरनिर्भरताको जुन स्थिति छ, त्यसलाई कसरी सुदृढ गर्ने भन्नेमा केन्द्रित रहेको थियो,’ मन्त्री श्रेष्ठले भने, ‘नेपाल–चीनको डभेलपमेन्ट करिडोरको रूपमा नेपाल, तिब्बत, सिचुआन र छोङछिङलाई बनाउन सकियो भने हामीले धेरै उपलब्धि लिन सक्छौं ।

तीनटै ठाउँमा मेरो गम्भीर छलफल भयो । अहिलेको इकोनोमिक डिप्लोमेसीलाई केन्द्रमा राखेर मैले यी तीनवटा प्रदेशमा छलफल गरेको छु ।’मन्त्री श्रेष्ठका अनुसार बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)लाई अन्तिम रुप दिई कार्यान्वयन गर्नेबारे पनि दुई पक्षबीच छलफल भएको थियो ।

सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरूलाई चीनको तिब्बत स्वशासित क्षेत्रमा चरन भूमि प्रयोग गर्न दिन र सीमावर्ती केही नेपाली गाउँहरूमा विद्युतीकरण गर्न, नेपालको काठमाडौँ र चीनको तिब्बत स्वशासित क्षेत्रको ल्हासाबिच सीधा बस सेवा पुनः सुचारु गर्न, नेपाल–चीन सीमाका केही क्षेत्रमा मल्टी फङ्सनल ल्याब स्थापना गर्न, घाँस, तरकारी तथा फलफूलहरूलगायतका नेपाली वस्तुहरूको निर्यातमा सहजीकरण गर्न तथा नेपालको कृषि क्षेत्रको उत्पादकत्व बढाउनका लागि आवश्यक पूँजी र प्रविधि उपलब्ध गराउन चिनियाँ पक्ष सकारात्मक रहेको मन्त्री श्रेष्ठले बताए ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?