National life

नेपालमा कम्युनिष्टहरुले संस्कृति, सभ्यता र पहिचान मेटेः पूर्व मन्त्री महतो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ चैत २०८०, सोमबार
453Shares
नेपालमा कम्युनिष्टहरुले संस्कृति, सभ्यता र पहिचान मेटेः पूर्व मन्त्री महतो
ncell

काठमाडौँ । पूर्व मन्त्री समेत रहेका राजेन्द्र महतोले नेपालका कम्युनिष्टहरुले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटेको आरोप लगाएका छन् ।

सोमवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा महतोले कम्युनिष्टहरुले नेपालको सभ्यता,संस्कृति,पहिचान र अस्तित्व मेट्ने काम गरेको आरोप लगाएका छन्। उनले नेपालको अस्तित्व मेटाउने कम्युनिस्टहरू आफैँ मेटिने दाबी गरेका छन् ।

उनले नेपालीहरूको सभ्यता, संस्कृति र धर्ममाथि बारम्बार प्रहार भइरहेको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले क्यापिटालिजम कम्युनिजम दुनियाँमा असफल भइरहेको भन्दै अब नेपाली जनतालाई खोक्रो राष्ट्रवादको नाममा ठग्ने दिन गएको बताए।

‘कम्युनिष्टहरुले नेपालको सबै सभ्यता, संस्कृति मेटाइदिने, पहिचान मेटाउने काम गरे। धर्म मेटाइदिने काम गरे । सबै मेटाउँदा मेटाउँदै नेपालको अस्तित्व मेटाइदिने । सबै मेटाउनुको अर्थ नेपालको अस्तित्व मेटाउनु हो । नेपालको अस्तित्व मेटाउने कम्युनिस्टहरू आफैँ मेटिन्छन्।

हाम्रा सभ्यता, संस्कृति र धर्ममाथि, हाम्रो पहिचानमाथि पटक पटक जुन आक्रमण प्रचण्डदेखि केपी ओलीसम्मले गरेका छन् । यिनीहरूको पतन हुन्छ । क्यापिटालिजम कम्युनिजम दुनियाँमा असफल भइसक्यो । नेपाली जनतालाई अब ठग्ने दिन गए,’ महतोले भने ।

यो समाचार शेयर गर्नुहोस्
453SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?