काठमाडौं । छत्रेश्वरी गाउँपालिका वडा नम्बर ११ स्थित सल्यानका यूवा जीवन बीमा अभिकर्ता हुन्,‘एकराज शर्मा ।’ विगत पाँच वर्षदेखि नेशनल लाइफ इन्स्योरेन्समा आवद्ध उनले सल्यानबाटै अध्ययनको क्रममा दाङमा पुगेका थिए भने हाल उनको बसाईं काठमाडौंमा रहेको छ । अहिले उनी स्नात्तकोत्तर तहमा अध्ययनरत छन् । छोटो समयमा नै शर्माले बीमा क्षेत्रमा महत्वपूर्ण मानिने उपाधि एमडीआरटी हात पार्न सफल भएका छन् ।
यस्तो छ उनको शैक्षिक यात्रा
उनले प्लस टु विज्ञान संकायमा गरेका हुन् भने व्याच्लर्स व्यवस्थापन संकाय (बिबिए) मा गरेका छन् । हाल स्नात्तोकतर तहको अध्ययन र काम सँगसँगै अघि बढाई रहेको बताएका छन् । शर्माको आफ्नै व्यवसाय पनि छ भने उनको रोजाईको पेशा बन्न पुगेको छ ‘जीवन बीमा ।’ विदेश जानुभन्दा बीमामा काम गर्नु वेश हुन्छ भन्ने आजभोलि उनलाई लाग्ने थालेको छ ।
विदेशभन्दा बीमा ठिक
बीमा क्षेत्रमा प्रवेश गर्नु अघि उनलाई बीमाको अपरिहार्यताको बारेमा ज्ञान थिएन । जब उनी यो पेशामा प्रवेश गरेर भिज्दै गए अहिले उनीमा बीमाको रस पसिसकेको छ । विदेश गएर ८ घण्टा, १२ घण्टा खटेर काम गर्नुभन्दा स्वदेशमा बीमामा काम गर्नुलाई उनले महत्व दिएका छन् । बीमाको बारेमा ज्ञान भएमा बिना लगानी कमाई हुने उनको अनुभव छ । शर्माले मासिक रुपमा दुई, तीन लाख रुपैयाँ कमाउन विदेश जान नपर्ने बताएका छन् ।
बीमा बुझ्नु र नबुझनुले आकाश जमिनको फरक पार्छ
एसएलसीसम्म अध्ययन गरेको र व्याच्लर्स गरेको मान्छेलाई तुलना गर्ने हो भने अलि धेरै पढेकोले बीमामा राम्रो गर्ने उनको अनुभव छ । कतिपय अभिकर्ताहरुले आफै बीमा नबुझेका घटनाहरु बेलाबेलामा आउँने गरेको प्रसंग पनि उनले स्वीकार गरेका छन् । नेशनल लाइफका एजेन्सी शर्माले आर्थिक भ्वाईससँग भने,‘अभिकर्ताहरुको लाइसेन्स अहिले नेपाल बीमा प्राधिकरणले लिन थालेको छ । यसले अब आउँने बीमा अभिकर्ताहरुले प्लानको बारेमा जानकारी कम राख्थे । अब बीमा अभिकर्ताको व्यवसायको लागि होइन बीमितले आफ्नो जोखिममा आर्थिक सुरक्षण पाउँन गर्ने हो भन्ने कुरा थाहाँ पाउँनुपर्छ । बीमा प्राधिकरणले डिजिटल्ली परिक्षा लिदा सो कुरामा सहयोग पुग्ने देखिन्छ ।’
जीवन बीमामा अभिकर्ताको ठूलो महत्व छ
अभिकर्ता बिना जीवन बीमा चल्न गाह्रो रहेको बताएका छन् । त्यसमा पनि नेपालको सन्दर्भमा अभिकर्ताको महत्व निकै ठूलो रहेको उनको भनाई छ । पहिलो कुरा नेपालमा बीमा सम्बन्धि जनचेतना कम भएकाले यस्तो ठाउँमा नागरिहकहरुले आफै बुझेर बीमा किन्ने सम्भावना कम छ । दोस्रो कुरा भनेको बीमा बेच्नलाई बीमा कम्पनी आफै जाँदैनन् त्यसको सबैभन्दा राम्रो माध्यम भनेको अभिकर्ताहरु हुन् । बीमितलाई बुझाएर बीमा पोलिसी बेच्ने फ्रन्ट डोर (पहिलो ढोका) भएकाले बीमा अभिकर्ताहरुको ठूलो महत्व रहने गर्छ ।
बीमा नबुझ्नेलाई बुझाउन सजिलो
सुरुवाती दिनमा आफ्नो जनसम्पर्कको आधारमा बीमा गरेका थिए । एक, दुई वर्षको अनुभवपछि उनलाई आफूले बीमा बुझेमा बीमितहरुलाई बुझाउँन सहज हुने बताएका छन् । थोरै थोरै रकम तिरेमा बीमितहरुले जोखिम पर्दा एकमुस्ट धेरै रकम पाउँने भएकाले बीमाको बारेमा भन्न, यसलाई व्याख्या गर्न आफूहरुलाई मज्जा लाग्ने उनले बताएका छन् । शर्माले चार वर्ष अघि बीमा बुझाएर बीमा गर्न नमानेका केही बीमितहरुले अहिले फेरी तीन, चार वर्षपछि आएर समेत बीमा गराएको बताएका छन् ।
बीमा गराउँन गाह्रो, बीमा गरेकाबाट धन्यवाद
शर्माले अधिकांश बीमितहरुले नबुझे पनि विश्वासको आधारमा बीमा बेचेको होला भनेर मात्र पनि कतिपय बीमितले बीमा गर्दै आएको अनुभव सुनाएका छन् । त्यस्ता बीमितहरुले कोरोना महामारीका कारण व्यापार व्यवसायमा समस्या आउँन थालेसँगै जीवन बीमा गराएकोमा धन्यवाद दिएको उनी बताउँछन् । शर्मा कोरोना महामारीपछि रिक्स कभर र सस्तो व्याजमा लोन पाउँने भएकाले धेरै जनाको आकर्षण जीवन बीमामा बढेको बताएका छन् । उनले कुनै पनि व्यक्तीको जीवनमा भवितव्य आउँन सक्ने भएकाले जीवन बीमाको महत्व जो कोहीलाई रहने बताएका छन् ।
बीमा जबर्जस्ती होइन, प्लान बुझाएर गरौं
उनले बीमा जबर्जस्ती बेच्दा बीमितहरुलाई आर्थिक भार वा अनावश्यक प्रेसर गर्न सक्ने बताएका छन् । बीमाको सिद्धान्त दुःखमा साथ दिने भएकाले बीमा गरेकै कारण शर्माले कुनै पनि बीमितहरुमा अनावश्यक दुःख दिन नहुने बताएका छन् । बीमा प्रतिको नकारात्मक धारणा आउँनुको कारण एजेन्टमा पनि केही स्वार्थ राखिएर बीमा गर्ने परिपाटीका कारण हुनसक्छ । आगामी दिनमा अभिकर्ताहरुले बीमा गर्दा बीमितहरुको माग र आवश्यता बुझेर त्यसलाई सम्बोधन हुने किसिमले बीमा गराउँनु पर्ने उनको भनाई ।
यसरी भयो बीमा क्षेत्रमा प्रवेश
अभिकर्ता शर्माले आफू बीमामा जोडिनुको पछाडी केही संयोग गरेको बताएका छन् । उनले आफू स्कूलले जीवनमा हुँदा नै आफ्नो बुवाले बीमा अभिकर्ता पेशामा लागेको सुनाएका छन् । उनका बुवाले तत्कालिन समयमा नेशनल लाइफ इन्स्योरेन्सको ६० वटा बीमा पोलिसी बेच्न सफल भएका थिए । त्यही बेलामा कतिपय फर्महरु उनले पनि भर्न अवसर पाए ।

किन चाहिन्छ बीमा ?
बचत र जोखिम बहन नै दुई वटा कुराहरुका लागि बीमा गर्ने हो भन्ने शर्माको अनुभवले बताउँछ । उनले आश्रीत परिवारको सुरक्षाका लागि भवितव्य आउँन सक्ने भएकाले बीमा गर्न जरुरी रहेको र जीवनमा जोखिम भएकाले जो कोहीले बीमामा आवद्ध हुन जरुरी रहेको बताएका छन् । परिवारको मुख्य व्यक्तीले बीमा गरेमा उनीहरु भवितव्यका कारण रहेनन् भने पनि बीमा उनका परिवारलाई आर्थिक भार कम हुन्छ । उनले पैसा अन्य सहकारी, बैंकमा लगानी गर्नुभन्दा बीमामा लगानी गर्दा सुरक्षा र जोखिम कभर पाउँन सकिने बताउँछन् ।
समाज सेवा पनि हो बीमा
बीमा गराएका केही साथीहरुले सुरुमा प्रिमियम तिर्न नसके पनि पछि बीमाले सहयोग गर्ने थाहाँ पाउँदा उनलाई धेरै धन्यवाद समेत दिएको उनले स्मरण गरेका छन् । उनले बीमाको महत्व धनी, गरिब सबैलाई आवश्यक रहेको बताएका छन् । बैंकको संचालकदेखि सेक्युरीटी गार्डलाई समेत बीमाको महत्व रहेको शर्मा सुनाउँछन् । खल्तीमा दुई, पाँच हजार रहदा अनावश्यक सामान किनेर खर्च गर्नुभन्दा महिनामा तीन हजार रुपैयाँ मात्रै लगानी गर्दा पनि नेशनल लाइफबाट पाँच लाख रुपैयाँ बराबरको जीवन बीमा किन्न सकिने उनले जानकारी दिए ।
त्यस्तै, वार्षिक ६ हजार पाँच सय रुपैयाँ मात्रै बुझाउँदा पनि एक लाख रुपैयाँसम्मको जोखिम बहन हुने उनी बताउँछन् । हाल नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बाल बच्चा, युवा, दाम्पत्य लगायत विभिन्न किसिमका बीमा योजना बिक्री गर्दै आएको छ । अमृत वर्षा, बाल अमृत, अमृत श्री लगायतका बाल बीमा योजना अन्तर्गत जोखिम पनि कभर भइरहेका छन् ।
उनले आफूले सोचेभन्दा राम्रो आम्दानी बीमाबाट पाएको, न्यूनतम व्याजमा तीस लाख रुपैयाँसम्मको सुविधा लिएर गाडी लिएको बताएका छन् । आफ्नो व्यवसाय समेत गरिरेका उनले हाल आफू व्यवसायमाभन्दा बीमामा बढी ढल्किएको बताएका छन् ।
नयाँ अभिकर्तालाई सुझाव
बीमामा जोडिन चाहने अभिकर्ताले बीमाको बारेमा राम्रो ज्ञान लिनुपर्ने शर्माको सुझाव छ । उनले नेशनल लाइफ इन्स्योरेन्समा नै काम गर्न वा बीमा गराउँन छुट्टै आनन्द मिल्ने बताएका छन् । उक्त आनन्द मिल्नुको पछाडी सबैभन्दा पहिला नेशनल लाइफ ३६ वर्षे पुरानो इतिहास बोकेको कम्पनी रहेको उनी बताउँछन् । त्यस्तै, बलियो संचालक समिति, अब्बल नेत्तृत्व, आर्थिक शुसासनमा बसेको कम्पनी, बजार सुहाउँदो प्रोडक्ट तथा धेरै जनाको विश्वास जितिसेकेको कम्पनी भएकाले उनले नेशनल लाइफ कम्पनीमा बीमा गर्दा थप ढुक्क हुन सकिने बताएका छन् । दाबी भुक्तानीको रुपमा पनि नेशनल लाइफले छुट्टै पहिचान स्थापित गरेको छ । बीमितको लागि उनले बीमाको बारेमा ज्ञान लिनु ठूलो कुरा रहेकाले त्यसको लागि बीमा सचेतना आवश्यक रहेकोमा जोड दिएका छन् । हाल उनले बीमा बुझाएर मात्र बीमा पोलिसी बेच्ने गरेको बताएका छन् । शर्माले जबर्जस्ती बीमा गराउँदा एकजनाको मात्रै बीमा हुने तर बुझाएर बीमा गरेमा धेरै जनाको बीमा हुने अनुभव सुनाएका छन् ।

































