National life

पछिल्लो ४ दशकको यात्रामा बैंकिङ क्षेत्र कठिन अवस्थामा छः केसी (भिडियो सहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ पुस २०८१, बिहिबार
726Shares
पछिल्लो ४ दशकको यात्रामा बैंकिङ क्षेत्र कठिन अवस्थामा छः केसी (भिडियो सहित)
ncell

काठमाडौँ । नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष सुनिल केसीले पछिल्लो ४ दशकको यात्रामा बैंकिङ क्षेत्र सबैभन्दा कठिन अवस्थामा रहेको बताएका छन् ।

नेपाल बैंकर्स संघको ३८औँ वार्षिक साधारण सभामा बोल्दै केसीले बाह्य क्षेत्रको रिजर्भ र रेटिङ राम्रो आए पनि ४ दशकको यात्रामा बैंकिङ क्षेत्र कठिन मोडमा आइपुगेको धारणा व्यक्त गरेका छन् ।

‘ऋण गइरहेको छैन । लिक्विडिटीमा समस्या आइरहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कहिले धेरै हुने, कहिले कम हुने भइरहेको छ ।’ केसीले भने ‘हामीले दक्षिण एसियाकै राम्रो बैंकिङ अभ्यास गरिरहेका छौँ । ४० अर्बभन्दा कर तिरेका छौँ । तर पछिल्लो समय राजनीतिक अस्थिरताका कारण बैंकिङ सबैभन्दा चुनौतीपूर्ण अवस्थामा पुगेको छ ।’

बैंकको खराब कर्जा बढ्दो क्रममा भएको बताउँदै केसीले फिस्कल इन्ब्यालेन्सले पनि असर पारिरहेको उल्लेख गरे । ‘बैंकिङ क्षेत्रको जनशक्ति समेत बाहिरी रहेको छ’ उनले भने ‘सरकारबाट हुने धरपकडले पनि यसमा असर पारिरहेको छ। बैकिंग क्षेत्रको कन्फिडेन्स पनि कम भइरहेको छ ।’

उनले पछिल्लो समय बैंकिङ क्षेत्रमा कर्मचारी विदेश पलायन हुने प्रवृत्तिले बैंक झनै समस्या परेको उल्लेख गरे । (भिडियो सहित)

https://www.youtube.com/watch?v=Djgp8rSDyjg

यो समाचार शेयर गर्नुहोस्
726SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?