National life

पारदर्शिता र सुशासन एक अर्काका पूरक हो : राष्ट्रपति पौडेल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ वैशाख २०८१, बिहिबार
367Shares
पारदर्शिता र सुशासन एक अर्काका पूरक हो : राष्ट्रपति पौडेल
ncell

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले  नेपाल चार्टड एकाउन्टेन संघको कार्यक्रमलाई सम्बोधन गर्दै पारदर्शिता र सुशासन एक अर्काका पूरक रहेको बताएका छन्।

बिहीबार काठमाडौँमा आयोजित चार्टड एकाउन्टेन संघको कार्यक्रममा राष्ट्रपति पौडेलले लेखा व्यवसायीहरूको सक्रियताको कारण मुलुकमा हुने आर्थिक क्रियाकलापहरूमा पारदर्शिता कायम गर्न योगदान पुगेको बताएका छन्।

राष्ट्रपति पौडेलले विकास निर्माणको ठुला खर्चमा प्रयोग हुनसक्ने फर्जी बिल र राजश्व छलीको नियन्त्रण लेखा परीक्षणबाटै सम्भव हुने बताए । ‘विकास निर्माणको ठुला खर्चमा प्रयोग हुनसक्ने फर्जी बिल र राजश्व छलीको नियन्त्रण लेखा परीक्षणबाटै सम्भव हुन्छ’, उनले भने,

राष्ट्रपति पौडेलले कुनै पनि क्षेत्रमा हुनसक्ने सानादेखि ठुला आर्थिक चुहावट तथा हिनामिना हुनबाट रोक्न यसले मद्दत  पुर्‍याउने बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले हरबखत चनाखो रहेर हिसाब मिलान गर्नु र गराउनु नै लेखा परीक्षणको धर्म रहेको बताएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
367SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?