काठमाडौँ । प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य भएको छ । सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त सोसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाएका थिए।
अधिवेशन आज वैशाख २ गते राति १२ बजेदेखि स्वतः अन्त्य हुने सभामुखले जानकारी गराएका थिए। बैठकमा सभामुखले घिमिरेले प्रतिनिधि सभाको चालु अधिवेशनमा भएका कामबारेमा जानकारी पनि गराएका थिए।
माघ २ गतेदेखि प्रारम्भ भएको अधिवेशनको यो अवधिमा २३ दिनमा २३ पटक गरी कूल ८१ घण्टा ५५ मिनेट बैठक बसी संसदीय काम कारबाही व्यतीत भएको जनाइएको छ।
त्यस्तै अधिवेशनमा अनुगमन तथा मूल्याङ्कन विधेयक, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित गरी ३ विधेयक पारित भएका छन् ।



































