National life

प्रधानमन्त्रीलाई थापाको प्रश्न : मुलुकको आर्थिक स्थिति सङ्कटमा जादैछ सरकारसँग योजना खै के छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ फागुन २०८०, आइतबार
701Shares
प्रधानमन्त्रीलाई थापाको प्रश्न : मुलुकको आर्थिक स्थिति सङ्कटमा जादैछ सरकारसँग योजना खै के छ ?
ncell

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले मुलुकको अर्थतन्त्र, र आर्थिक मन्दीका विषयमा प्रतिनिधिसभामा प्रश्न उठाएका छन् ।

आइतबार जारी प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा सांसद थापाले आर्थिक वर्षको ७ महिनामा सरकारको खर्च र राजस्व सङ्कलनको स्थितिमा खस्किँदो अवस्थामा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

आर्थिक वर्षको ७ महिना बितिसक्दा समेत लक्षित राजस्वको ४० प्रतिशत उठ्न सकेको छैन । खर्च पनि ३५ प्रतिशत कट्न सकेको छैन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस्तो अवस्थामा ४–५ महिनामा बाँकी राजस्व उठ्ने र तोकिएको खर्च हुने त्यस्तो के आधार छ ? ’ प्रधानमन्त्रीलाई थप प्रश्न गर्दै सांसद थापाले प्रश्न गरेका छन् । ‘बाँकी समयमा तोकिएको खर्च र राजस्व उठ्ने गरी प्रभावकारी काम गर्ने त्यस्तो खास योजना सरकारले के ल्याउँदै छ ? यदि छ भने के छ ? र छैन भने किन छैन ?’ यसअघि पनि दुई–दुई पटक सरकारको नेतृत्व गरिसकेको अनुभव भएकाले प्रधानमन्त्रीलाई यो वा त्यो निहुँ गरेर भाग्ने छुट नभएको थापाले बताए ।

‘मुलुकको आर्थिक स्थिति गम्भीर छ । वित्तीय स्थिति शिथिल छ । विप्रेषण आप्रवाह (रेमिटेन्स) बढ्ने बाहेक अन्य आय स्रोत बढेको छैन । र पनि सरकार भनिरहेको रेमिटेन्स बढ्यो । खास रेमिटेन्स बढ्नुमा के कारण छ रु जुन सरकारले बारम्बार भनिरहेको छ ।’

अर्थतन्त्रको सुधारका खातिर सरकारले खास काम गर्न नसकेको भन्दै सांसद थापाले अर्थ मन्त्रालय र अर्थमन्त्रीले के गरिरहेको छ सोबारे प्रधानमन्त्रीले चासो दिनुपर्ने बताए । ‘कि त अर्थ मन्त्रालय प्रधानमन्त्रीको कार्य क्षेत्रभित्र पर्दैन भन्नुपर्‍यो, होइन भने के भइरहेको छ, मन्त्रालयले अर्थतन्त्र सुधारमा के कस्तो गतिविधि काम गरिरहेको छ, प्रधानमन्त्रीले बुझ्नुपर्‍यो । के अर्थतन्त्रको जिम्मेवार अर्थमन्त्री नै हो भनेर प्रधानमन्त्रीज्यूले फ्री छाड्नु भएको हो ? ’ उनले प्रश्न गरे ।

यो समाचार शेयर गर्नुहोस्
701SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?