National life

बाफिया र धितोपत्र विधेयक चाँडो पारित गर्दै कार्यान्वयनमा ल्याउनु जरुरी छ: अर्थमन्त्री

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० फागुन २०८१, मङ्गलबार
678Shares
बाफिया र धितोपत्र विधेयक चाँडो पारित गर्दै कार्यान्वयनमा ल्याउनु जरुरी छ: अर्थमन्त्री
ncell

काठमाडौँ । सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० (बाफिया) र धितो पत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई संसदबाट चाँडै पारित गर्दै कार्यान्वयनमा ल्याउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको आजको बैठकमा अर्थमन्त्री पौडेलले बाफिया र धितो पत्रसम्बन्धी विधेयकलाई समितिमा छलफल चाँडो टुङ्ग्याएर प्रतिनिधिसभामा छलफलका लागि लगिनुपर्ने धारणा राखेका छन् ।

“भन्सार विधेयकसँगै वाफिया र धितो पत्रसम्बन्धी विधेयकमाथिको छलफल चाँडो सकेर चैत मसान्तभित्र समितिको प्रतिवेदनसहित प्रतिनिधिसभामा पुग्नेछ भन्ने अपेक्षा गरेको छु,” अर्थमन्त्री पौडेलले भने

उनले कानुन निर्माणका काम सुस्त भएको भनेर समिति र सदनको प्रभावकारिता माथि जनस्तरबाट समेत आलोचना हुने गरेको उल्लेख बताएका छन्।

“विधि निर्माणको काम सुस्त भयो भन्ने आलोचना आउने गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसमा सरकारको ध्यानाकर्षण भएको छ । राष्ट्रिय आवश्यकतासमेत हेरेर बढी प्राथमिकताका कानुन निर्माणमा शीघ्रता दिनुपर्नेछ,” अर्थमन्त्री पौडेलले भने।

अर्थ समितिको आजको बैठकमा ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ माथि परेका संशोधन माथि छलफल भएको छ । व्यापार सहजीकरणको लागि भन्सार प्रशासन चुस्त बनाउने, भन्सार जाँच पासका क्रममा प्रक्रियागत झन्झट हटाउनुपर्ने, कर्मचारीको तजबिजी अधिकार घटाउनुपर्ने लगायतका विषयमा सांसदहरूका संशोधन आएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
678SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?