National life

बाह्रै महिना विद्युत् उपलब्ध हुनेगरी उत्पादन बढाउन प्राधिकरणलाई मन्त्री खड्काको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ साउन २०८१, शुक्रबार
766Shares
बाह्रै महिना विद्युत् उपलब्ध हुनेगरी उत्पादन बढाउन प्राधिकरणलाई मन्त्री खड्काको आग्रह
ncell

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्राधिकरणले बाह्रै महिना देशभर विद्युत् उपलब्ध हुने गरी उत्पादन बढाउनुपर्ने बताएका छन् ।

प्राधिकरणका अध्यक्षसमेत रहेका मन्त्री खड्काको स्वागतमा आज नेपाल विद्युत् प्राधिकरणले आयोजना गरेको ‘बधाई तथा स्वागत’ कार्यक्रममा उनले हिउँदमा कम मात्रामा विद्युत् हुँदा समस्या भएको स्मरण गर्दै बाह्रै महिना देशभर विद्युत् उपलब्ध हुने गरी प्राधिकरणले उत्पादन बढाउनुपर्ने बताएका छन् ।

“किन हिउँद याममा विद्युत् पुग्दैन, यसको समस्या समाधानका लागि प्राधिकरणले के कस्ता योजना र कार्यक्रम अगाडि सारेको छ रु, हिउँद याममा बिजुली पु¥याउनेगरी प्राधिकरणले योजना बनाएर कार्यान्वयन गर्नुपर्छ”, ऊर्जा मन्त्री खड्काले भने । प्रभावकारी योजना बनाएर अगाडि बढ्दा मन्त्रालयले सदैव सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘डेडिकेटेड’ र ‘ट्रङक लाइन’ का विषयमा देखिएको विवादका बारेमा ऊर्जा मन्त्री खड्काले भने, “व्यवसायीले प्रयोग गरेको बिजुली भुक्तानी गर्नुपर्छ, प्राधिकरणले व्यवसायीलाई अनावश्यक दुःख दिनुहुँदैन ।” सबै नागरिक र उद्योगीको घरमा २४सै घण्टा विद्युत् पु¥याउनुपर्ने बताउँदै विद्युत् उत्पादन र वितरणका क्रममा देखिएका समस्या समाधानमा मन्त्रालय लाग्ने उहाँले उल्लेख गरे ।

ऊर्जा मन्त्री खड्काले ऊर्जा क्षेत्र नेपालका लागि महत्त्वपूर्ण भएकाले यसको विकासमा लाग्न सम्पूर्ण कर्मचारीलाई निर्देशनसमेत दिएका छन्। “मन्त्रीलाई सफल बनाउन कर्मचारीको महत्त्वपूर्ण भूमिका रहन्छ, लामो अनुभव भएका तपाईँहरूले उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्दा विद्युत् क्षेत्रको विकासमा सहयोग पुग्नेछ”, उनले भने ।

ऊर्जा मन्त्री खड्काले अबको १० वर्षमा १० हजार मेगावाट होइन २० हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य प्राधिकरणले राख्नुपर्ने भनाई राखेका छन् । जल तथा ऊर्जा आयोगका सचिव केशवकुमार शर्माले नेपालमा ऊर्जा क्षेत्रले ठुलो फड्को मारेको बताए ।

यो समाचार शेयर गर्नुहोस्
766SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?