National life

‘भूराजनीतिक द्वन्द्व'का कारण नेपालको आर्थिक विषय कमजोर भएको छ: डा.सापकोटा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ चैत २०८०, शुक्रबार
448Shares
‘भूराजनीतिक द्वन्द्व'का कारण नेपालको आर्थिक विषय कमजोर भएको छ: डा.सापकोटा
ncell

काठमाडौं। डा.रूपक सापकोटाले अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकता भित्र रहेको बताएका छन्।

‘एसिया र विश्व-समान चुनौती, साझा दायित्व’ नारामा चीनको हैनान प्रान्तमा आयोजित बोआओ फोरममा नेपालका तर्फबाट आज सम्बोधन गर्दै सापकोटाले आर्थिक कूटनीतिका विविध प्राथमिकताबारे नेपालको धारणा राखेका हुन् ।

‘भूराजनीतिक द्वन्द्व, विश्व राजनीतिमा बढ्दो राजनैतिक ध्रुवीकरण र कमजोर सहकार्य लगायतले गर्दा नेपालको बहुपक्षीय एवं आर्थिक विषयमा अन्तर्राष्ट्रिय सहकार्य सोचेअनुसार अगाडि बढाउन कठिन भइरहेको छ,’ सल्लाहकार सापकोटाले भने।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रधानमन्त्री प्रचण्डका परराष्ट्र मामिला सल्लाहकार समेत रहेका सापकोटाले उक्त अवसरमा अतिकम विकसितबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुने नेपालको लक्ष्य, जलवायु परिवर्तनको प्रकोपलाई समयसापेक्ष सम्बोधन र नेपालको समग्र आर्थिक विकास एवं समृद्धि हासिल गर्न राखिएका लक्ष्यमा सघाउन आग्रह गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
448SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?